शनिबार, साउन १२, २०८१

कृष्ण थापाले आफु र पार्टीमाथी कलंको टिका लगाउदै हुनुहुन्छ–तारा जिसी

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्न गर्ने एकल साँसद हुनुहुन्छ माननीय तारा जिसी  जेष्ठ २७ गते गण्डकी प्रदेशमा पथ्ृवीसुब्बा गुरुङ नेतृत्व सरकारले विश्वासको मत लिदैछ,त्यसैमा केन्द्रीत रहेर माननीय कृष्ण थापाको भूमिका कस्तो होला भनी जबाफ लिएका थियौ। प्रस्तुत छ कुराकानीको सारांश–
कृष्ण थापाको भूमिकालाइ कुन रुपमा लिनु भएकोछ?
पार्टीले कार्यकर्तामा भएको राजनैतिक स्पष्टता,सकृयता,इमान्दारिता आदीलाइ आधार बनाएर जिम्मेवारी दिनेहो। त्यसमा हाम्रो पार्टीमा कहिल्यै पनि पार्टीको निष्ठा र इमान्दारितामा घात भएको इतिहास छैन । पार्टीले आम नेपाली जनताको वास्तविक समस्याको समाधान नौलो जनवाद वा समाजवाद पछि मात्रै हुन सक्छ भन्ने लक्षका साथ कार्यक्रम निर्धारण गर्ने गरेको पाइन्छ । राष्ट्रिय जनमोर्चा पार्टीको वैधानिकमोर्चा हो र चुनावलाइ कार्यनैतिक रुपमा उपयोग गर्ने पार्टीको नीति अनुसार हामी सहभागी भएका हौ। सिधा भन्नुपर्दा संसदीय ब्यवस्था जनताका आधारभुत समस्या हल गर्ने व्यवस्था होइन, त्यस भित्र रहेका विथिती विसंगतीहरुको भण्डाफोर गर्न पार्टीले त्यहां पठाएको हो। दीर्घलीन लक्षका साथ अगाडी बढ्ने पार्टीको कार्यक्रम एकातिर र हाम्रा व्यक्तिगत र ताल्कालिन समस्याहरु अर्को तिर हामी र हाम्रा अत्यधिक साथीहरुमा यही समस्या नै विकराल हो। समय र परिस्थिति अनुसार तारतम्य मिलाउन हम्मेहम्मे भएको पाईन्छ। छोटो जिवनमा लामो यात्रा सबैको बूंताको कुरा हो जस्तो पनि लाग्दैन । नीति सिद्दान्त प्रति स्पष्टता,पार्टी संगठनको कार्यमा व्यस्तता,दैनिक अध्ययन,प्रशिक्षणको साथ साथै देश र समाजको लागी पनि केहि गर्नु पर्छ भन्ने सकारात्मक सोच पनि आवश्य हुन्छ। जस्को समाजमा खडेरी नै छ भन्दा पनि हुन्छ,पार्टी क्रान्ति,परिवर्तन प्रति आजको पुस्तामा लगाव देखिदैन। हामी बस्ने समाज नै यस प्रकारको भए पछि त्यसको प्रत्यक्ष,अप्रत्यक्ष असर त हामीमा परेकै हुन्छ किनकि हामी पनि त्यही समाजका सदस्य हौं।त्यसकारण पनि पार्टीमा छदा राम्रै काम गरेका कामरेडहरु पनि निहित स्वार्थ कै कारण हराउने,विलाउने र कहिले कुन कित्ता कहिले कुन कित्तामा पुग्ने गरेका छन्। तर कुनै एउटा कामरेडको पनि न अवस्थामा केहि सुधार भएकोछ न राजनैतिक स्थाइत्व नै हुनसकेकोछ। सवैलाइ पार्टी छोडेको पछुतो नै छ । तै पनि हामी के दावाका साथ भन्न सक्छौ भने हाम्रो पार्टीमा रहदा सम्म अरु कामरेडहरुको साथ साथै पार्टीले सार्वजनिक जिम्मेवारीमा पठाएपछि यसरी निर्लज्ज प्रकारले आफ्नो स्वार्थको लागी दुनिया भरका नौंटकी गरेर हाम्रो पार्टीको स्पष्ट र वेदाग छविमा कलंक लगाउने कार्य कसैले पनि गरेका थिएनन्।
माननीय कृष्ण थापालाइ पार्टीले अन्याय गरेको र सर्वोच्चले न्याय दिएको भनाइ छ त?
नेपाली जनताका ६०–७० वर्षको संघर्षका उपलब्धिहरु ओली सरकारको असंवैधानिक तथा सर्वसत्तावादी प्रवृतिका कारण धराप मा छन्। नीति नैतिकता मा राज्य संचालकमा देखिएको यो खडेरी विरलै देख्न पाईन्छ। राष्टिय जनमोर्चाले देशमा देखिएको यो समस्यालाइ गम्भिर रुपमा लिएकोछ र यो प्रवृतीलाइ अन्त गर्ने संघर्ष हाम्रो सबैभन्दा पहिलो प्राथमिकता बनेको छ। तात्कालिन रुपमा पैदा भएको नयाँ समस्याको सही निवारण ओली सरकारका र उनका मतियार प्रदेश सरकारको विस्थापन नै हो। नयाँ परिवेशले पैदा गरेको तात्कालिन समस्या समाधान गर्ने क्रममा हिजोका सहयात्री कै विरुद्द संघर्ष गर्नुपर्ने बाध्यदा सिर्जना भयो। यो हामीले होइन वहाँहरुले नै सिर्जना गरेको अवस्था हो । गण्डकी प्रदेश सरकार बचाउन पार्टीको निर्णय विरुद्व माननीय थापा ज्युको भूमिका कसैबाट लुकेको विषय होइन । पार्टीले प्रतिगमनको विरुद्द आउने सवै सित सहकार्य गरी जनताको लामो संघर्षबाट प्राप्त उपलिब्धिहरुको रक्षाको लागी संघर्ष गर्ने,हामी जनप्रनिधि भएका हरुले पार्टी र आम जनताको हितको विरुद्द आफ्नो निहित स्वार्थ पूरा गर्न प्रतिगमन,असंवैधानिक मात्र नभै ओली सरकारको सर्वसत्तावाद र त्यसका मतियार प्रदेश सरकारहरुलाई बचाउन लागी पर्ने यो अवस्थामा हामीलाई कार्वाही नगरेर पुरस्कार दिने पक्कै हैन होला? जहां तक सर्वोच्चले न्याय दियो भन्ने कुरा हो,ओली सरकारले निर्वाचित संस्थाको अवैधानिक प्रकारले पटक पटक घाटी निमोड्ने,कार्यपालीकालाइ आफु खुसी दूरुप्रयोग गर्ने,न्याय पालीका कब्जा गर्ने मात्र हैन संविधानको रक्षक राष्ट्रपति जस्तो स्वतन्त्र र गरिमामय संस्थालाइ समेत कठपुतलीको रुपमा प्रयोग गरेको जगजाहेरछ।यो अवस्थामा माननीय थापा ज्युलाइ सर्वोच्चले न्याय होईन,के अभिष्ट पूरा गर्नको लागी प्रयोग गरिदैछ छिट्टै स्पष्ट हुदैजनेछ।
तपाइको अर्थ कृष्ण थापालाई गण्डकी सरकारले गोटीको रुपमा प्रयोग गर्दै छ भन्ने हो?
जीन्दगी भर वर्ग विशेषको राजनीति गरेको हु भन्ने,संगठन गर्दा यो यो र यती कष्ट सहेको हु भन्ने निर्णायात्मक वेलामा आफु खुसी गर्ने,पार्टीले कोदारी मार्ग बनाउदा अरु सवैले विरोध गर्दा पनि राजाको उक्त कार्य समर्थन गरेको तथ्यछ के त्यही कारणले हामी राजावादी भयौ?गणतन्त्रको आन्दोलनमा नेका लगायत सित संगै लडेका हौ, पहिलो राष्ट्रपतिको निर्वाचनमा नेका का रामवरणलाई पार्टीका सांसदहरुले भोट दिनुभएको हो,यस्ता दर्जनौं उदारण छन्।तात्कालिन समस्याको लागी सहमत भएका विषयमा फरक फरक दृष्टिकोण,मुल्य र मान्यता भएका मात्र होइन वर्ग दुश्मन सित पनि कार्यगत एकता भएका विश्व कम्युनिष्ट आन्दोलनका दर्जनौं उदारण छन्। माननीय कृष्ण थापा ज्यूको प्रदेश सभा सदस्य पद खारेज भएपछि पत्रकार साथीहरु सित दिएको पहिलो अभिव्यक्तिमा वहाँले अव राजनिति नगर्ने गाउँमा गएर भैसी पाल्ने,कृषि गर्ने बताउँनु भएको थियो,मलाई ठिकै लागेको थियो। त्यसको ठीक अर्को दिन उहाँ सर्वोच्चमा पुगेर वहाल भएको अन्तरिम आदेश भएको सुन्दा आश्चर्य लाग्यो।सर्वोच्च,चुनाव आयोग कस्को सेटिंगमा चलेको छ भन्ने कुरा त हामीले लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको निर्वाचनमा समेत व्यहोरी सकेका छौ। यी सबै तथ्यहरुलाई हेर्दा कृष्ण थापा वर्तमान गण्डकी सरकारको गोटी त बन्नुहुन्न शंका गर्ने ठाउँ देखिन्छ। तै पनि हामीले आशा गरेका छौ वहाँको यस रुपमा पतन हुनेछैन । उमेरले कोहि सानो र ठूलो जे भएपनि वहाँ हाम्रो समयको जेष्ठ जनप्रतिनिधी हो । पार्टीले हजारौं नेता कार्यकर्ताको विच बाट भरोशा र विश्वासको साथ वहाँ र हामीलाई अगाडी सारेको हो । पार्टीको हामी प्रतिको अगाध विश्वास र भरोशालाई समाप्त गर्नु हुनेछैन, यदी निहित स्वार्थको लागी त्यसो भयो भने हामी सवै त कलंकित हुने नै छौ उदाउँदो र आउने पुस्ता समेत कलंकको भागीदार हुनेछ । देशमा जनता र राष्ट्रको हितलाई केन्द्रमा राखेर सिद्दान्त र आस्थाको राजनीति गर्ने हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा माथी गरिएको यो आत्मघात र कलंकको सम्झना दशकौं सम्म रहिरहने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?