शनिबार, साउन १२, २०८१

सत्ता पक्षले बहुमतमा छौ भन्नु नौटंकी हो : सांसद जिसी

बुटवल जेष्ठ २९ गते ।
राष्ट्रिय जनमोर्चा की प्रदेश सांसद तारा जिसीले लुम्बिनी प्रदेश सरकार अल्पमतको सरकार भएकोले यो अवैधानिक सरकार हो,एउटा अवैंधानिक सरकारले ल्याएको नीति कार्यक्रम पनि अवैंधानिक भएको बताउनु भएकोछ । सत्तापक्षका माननीयहरुले हामी बहुमतमा छौ,विधि विधान अन्तर्गत छौ भन्नु नाटक र नौटंकी भएको दावा गर्नु भएकोछ ।
सरकारको नैतिकताको प्रश्न उठेकोछ,यदी सरकार बहुमतमा छ भने पटक पटक अविश्वासको प्रस्तावबाट किन भागिरहेको छ? भन्ने प्रश्न उठाउदै राजमो नेतृ जिसीले आम जनताका सबै तप्काको आवाज हो र संविधानको पनि व्यवस्था हो।अतःसरकारले सदनमा बहुमत छ भने सिद्द गर्नु पर्ने “मेरै गोरुको बाह्ै टक्का”देखाउन आवश्यक नभएको बताउनुभयो ।
आर्थिक वर्ष २०७८–८९को लागी प्रदेश सरकार बाट प्रस्तुत नीति तथा कार्यक्रमा छलफलको दोस्रो दिन राष्ट्रिय जनमोर्चाको धारणा राख्दै नेतृ जिसीले प्रस्तुत नीति कार्यक्रम विगत झै परम्परावादी केही समावेश गरेर हुुवहु नक्कल गरेको औल्याउनुभयो।
समाजलाई समाजवादी दिशा तिर लैजाने उदेश्य सम्म पनि नहुनु नेपालको संविधानको परिकल्पना मात्र होईन सरकारले प्राप्त गरेको कम्युनिष्ट जनमतको पनि विपरित छ। उदारवादी अर्थ नीति र परनिर्भरताले थिलो थिलो भएको नेपालको अर्थतन्त्रलाई रुपान्तर गरी आत्मनिर्भर वनाउन समाजवाद उन्मुख नीति राष्ट्रिय अर्थतन्त्र निर्माणको सुरुवात र विकासमा कोशेढुंङ्गा सावित हुन सक्दथ्यो। देसको कम्युनिष्ट अभिमतबाट बनेको सरकार दलाल पूंजिवादको सेवामा तल्लीन हुनु जनमतको उपहास हो,सरकारको दोहोरो चरित्रहो। यो “खोलो तरेर लौरो विर्सन”े प्रवृति भएको कटाक्ष गर्नुभयो ।
यो सरकारले प्रस्तुत गर्न सक्ने नीति कार्यक्रम कस्तो हुन पर्दथ्यो?भन्ने सुझाव राष्ट्रिय जनमोर्चाको तर्फ मिडियामा समेत सार्वजनिक गरेको बताउँदै नेतृ जिसीले समाजवाद उन्मुख कृषि नीति,शिक्षा,स्वास्थ्य,उद्योग नीति महिला,दलित,जाती जनजाती,अपांग,अल्पसंख्यक,सिमान्तकृत आदीलाई उनका न्यूनतम आवश्यकतालाई पनि यो नीति कार्यक्रमले समेट्न सकेकोछैन। प्रचारमूखी अव्यावहारिक कृतिम नारा र घोषणामा सिमित बनावटी नीति कार्यक्रम भएको बताउनुभयो। सांसद जिसीले समाजवाद उन्मुख कार्यक्रम ल्याउनुस् भनेको राम्रो व्यावहारिक जनमुखीको साथ साथै सबै तप्का र वर्ग विशेषलाई समेट्ने किसिमको कार्यक्रमको शुभेच्छा प्रकट गरेको हो। विदेशी र दलाल पूंजिलाई निरुत्साहित गर्ने तथा राष्ट्रिय पूंजीको विकास र समृद्दि तिर डोराउने खालको सुरुवात गरौं भन्न खोजेको बताउनुभयो।
राजमो नेतृ जिसीले हामीले यो सरकारलाई कम्युनिष्टको सरकार त मान्दैनौं, तै पनि आफुलाई कम्युनिष्ट र क्रान्तिकारी भनेर नथाक्ने सरकार बाट समाजवाद उन्मुख अर्थ व्यवस्थाको आशा राख्नु अस्वभाविक होईन,जुन यो सरकार बाट भएको छैन,कतै यो नजाने गाउँको बाटो हिड्न नखोजेको त होईन भनी प्रश्न गर्नुभयो।
संसदमा लामो समय देखि विचाराधिन रहेको नागरिकता विधेयक अध्यादेश बाट ल्याएकोमा केन्द्र सरकारको भ्रर्सना गर्दै सांसद जिसीले आफ्नो दुई तिहाईको सरकार छदाँ मौन रहने निर्वाचित संस्थाको घाटी निमोठी चोर बाटो बाट ल्याउन मिल्छ? भनी प्रश्न उठाउनुभयो। देश को अति महत्वपूर्ण राष्ट्रिय सरोकारको विषय सत्ता टिकाउनैका लागी अध्यादेश बाट ल्याएर सम्माननीय प्रधानमन्त्री लेण्डुप दिशामा अग्रसर भएको बताउनुभयो। नागरिकता अध्यादेश बारे सर्वोच्चको फैसला सही रहेको भन्दै उक्त फैसलालाई हाम्रा माननीय मुख्यमन्त्रीले चुनौती दिन खोजेको मिडियामा सार्वजनिक भएको समाचार प्रति आपत्ती प्रकट गर्दै के सत्तालिप्साले यहाँ सम्म गिर्नु ठीक हो भन्ने प्रश्न गर्नुभयो?
देश तपाईहरुको मात्र होईन हाम्रो पनि हो तीन करोड नेपाली जनताको हो,यस्तो अभिव्यक्ति जस्ता गुरुका उस्तै चेला दूवै नरकमा ठेलम् ठेलाको शंकेत भएको व्यंग गर्नु भयो। प्रदेश सभामा भोली जेष्ठ ३० गते उठेका प्रश्नहरु को जवाफ पछि नीति कार्यक्रम निर्णायार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal