आइतवार, चैत्र २, २०८१

कविता>”संसार रुवायौ कोरोना तिमीले “

कमला वगाले

कोरोना तिमीले निभाएका ति साथहरु ।
निद्रा बिहीन ति कठिनतम रातहरु ।।
अछुत लाग्ने यी आफ्नै हातहरु।
सपना बिहीन ति तिम्रा साथहरु ।।

धेरैको भिडंमा थियौं तिमी संसारलाई चुनेउ ।
अछूत पारी हामीलाई एकान्तमा थुनेउ ।।
बाहिर नदेखिने तर भित्रभित्रै सल्कि रह्यौं।
हामीलाई चाहिने सारा खुसि तिमीले लियौं ।।

कति मानीसहरुलाई अकाल्मै मृत्यु दियौं।
ति साना बालबच्चालाई बिचैमा छोडि जाने गरायौं ।।
सुनसान ति रातहरु अनि निर्बल त्यो शरीर मेरो ।
निर्जीव घडीको आवाज गुन्जिन्थ्यो सेरोफेरो ।।

तिमी आएर सबै सहर बजार शुन्य बनायौं ।
हामीहरुको इछा चाहाना सबै लिएर गयौं ।।
अदृश्य तिम्रो रुपले तर्साइरह्यो हामीलाई ।
एकमुठि सासको निम्तिलडिरहे तिमी संग यो छाती जलाई जलाई ।।

कमला बगाले : रैनादेवि छहरा जुठापौवा पाल्पा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?