शनिबार, साउन १२, २०८१

“चेतनाको झील्को बनी उठ नारी हो”

 

जुना भन्डारी चालीसे मालिका गाउँपालिका ६ अर्जै, गुल्मी (हाल चंडिगढ भारत)

सुन्नु होला समाजमा सबै नारी पुरुष।
परिबर्तन समाजमा हुन शुरु छ ।।
पहिले जस्तो छैन अब अल्ली फरक देखीन्छ।
समाजको गतिविधि
गीतमा लेखीन्छ।।

सगरमाथा शिखरमा पुग्ने पनि नारी हो।
चेतनाको झील्को बनी उठ नारी हो।।
पुरुष प्रधान समाजमा पैठे जोरी खेलेर ।
अघी बढौ लाखौ दुख पीडा झेलेर ।।

एक रथको दुई पांग्रा नारी अनी पुरुष ।
ढिलो ढिलो परिबर्तन हुन शुरू छ।।
कमजोर बन्न छोडौ हामी नारी नै हो भनेर।
उठ जुट नारी चेतनाको
झील्को बनेर।।

सती प्रथा बन्द भयो
दाईजो बन्द गर्नु छ।
संघर्षको मैदानमा अघी
बढ्नु छ।।
दाईजो हैन शिक्षा चाहीयो उभीनलाई खुट्टामा।
आस नगरी खान पाईयोस दुख सुखमा।।

यो सृष्टि धान्ने पनी भन्छन भन्दा नारी हो।
क्रान्तीको बिगुल फुक्ने पनि हामी हो।।
सम्पतीमा समान हक
अब दिनै पर्नै छ।
तब मात्र छोरा छोरी एकनास हुनेछ।।

बिहे पछी छोरी हुन्छन
माईत बाट पराई।
दाईजो को लागी समाज मा हुन्छ लडाई‌।।
समाजमा संगठीत हुनै पर्छ नारी हो ।
परिवर्तनको बाटो खोज्नै पर्छ नारी हो।।

उठौजागौ संगठित हुदै हात मीलाई।
निरन्तर वर्गसंघर्ष चल्छ हाम्रो लडाई।।
चुलो चौको मात्र हैन छोपौं कापी कलम।
यो गीतलाई यही रोक्छु लाल सलाम ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal