शनिबार, साउन १२, २०८१

घुम्दैफिर्दै आउन लग्यो यसपालिको तिज

 

कमला बगाले

घुम्दै फिर्दै आउन लाग्यो यसपालीको तिज पनि ।
बर्षदिनमा आउदा भेट हुन हरायो साथीसंगीनी ।।
यो भदौरे झरी संगै कोरोना को लहरमा ।
भेट हुन पाएयौं साथीसंगी यसपालीको तिजमा।।

कस्तो समय आयो दिदिबहिनी भेट हुदा रमाइलो गर्नुछैन ।
बर्षभरिको मंनको बेदना दिदिबहिनी बिच पोख्नुछैन ।।
यसपालीको तिजमा पनि सामाजिक दुरि राख्नैपर्छ ।
पोहोर साल जस्तै यसपाली पनि आफ्नो सुरक्षा आफै राख्नुपर्छ ।।

हामी सुरक्षित भयौं भने हाम्रो देशनै सुरक्षित हुन्छ साथी हो ।
यसपालीको तिजमा पनि घरमै सुरक्षित बसौं संगी हो ।।
यसपाली पनि बाँचा गर्छु आर्को बर्ष संगै रमाउने ।।
आर्को बर्ष रमाइलो गरौला दिदिबहिनी संगै नाच्ने र गाउने ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal