आइतवार, फाल्गुन ३, २०८२

तिजको लहर

 

लक्ष्मी खनाल पंजाव संगुरुर

तिज आयो तिज आयो भन्छ चरी बनमा !
कति राखु बेदनाको पोको मनमा !!

तिज आयो भन्दै सबैजाना जान्छन माइत!
मअदुखि चेलीको छैन साइत !!

छोरि आउछ भन्दै आमा हेर्दै होलि बाटोमा!
हामी दुःखी चेली पराइ माटोमा!!

सधै भरि माईत जानी आस ली मनमा!
सनु पर्ने महिला हिंसा अनि दमन!!

परदेसमा बसेपनि संस्कृत लाई जोगाउन!
मूलप्रबहाको झन्डा मूनी हामि जूटौंन!!

एक्काइसौं शताब्दीमा हमरो दुःख गयन!
अजैनी महिला हिंसा शोषण को अन्त भएन !!

हक अधीकार पाउनलाई उठ उठ नारी हो!
हाम्रो पनि हक बराबरि हो !!

नारि बच्चा पाउने मेसिन मात्र होइन !
बुझउ अब गलि गलि गाउंगाउं बाट उठौ!!
अब आऊने तिजमा घरघर गयर! हामी जस्ता दु:ख पाउने जम्मा भयर!!

लड्न परे लडौंला मर्न मरौंला! मैदानमा उत्रिएर संघर्ष गरौंला !!

एक हात पुरुष आर्को हात नारि हो ! हामिपनि समाज मा बराबरि हो !!

नारि पुरुष बराबरि समाज मा बोल्दछन !
भित्र भित्र नारिमाथि दमन गर्दछन!!

चुपलायर न्याए मिल्दैन खोसि ल्याउनू पर्दछ!
अधिकार पाउनको निम्ति हामी एक हुनुपर्द्छ!!

दिदि बहिनी अब हामि एकजुट हौं!
मुल प्रबाहको झन्डामुनि गोलबन्द बनौं!!

निलो मेरो मसित रातो मेरो कलम!!
यो गितको अन्तिम भयो लाल सलाम!!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal