प्रगतिशील पत्रकार संघ नेपाल बागलुङको बुर्तिबाङ शाखा समिति गठन : अध्यक्षमा मिलन हमाल
मिलन हमाल बागलुङ
प्रगतिशील पत्रकार संघ नेपाल बागलुङको बुर्तिबाङ शाखा समिति गठन भएको छ । पश्चिम क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका प्रगतिशील पत्रकारहरुको मंगलबार भएको भेलाले, मिलन हमालको अध्यक्षतामा ७ सदस्यीय शाखा समिति चयन गरेको छ । जसको उपाध्यक्षमा तिलक बुढामगर, सचिवमा प्रशान्त घर्ति मगर, कोषाध्यक्षमा अशोक छन्त्याल, सह सचिवमा टिकाराम भट्टराई र अन्य सदस्यहरुमा रेशमलाल भट्टराई, प्रकाश बुढामगर रहनुभएको छ ।
शाखा समितिको सल्लाहकारमा लाकेन्द्र सुनार र राम सुवेदी रहनुभएको छ । संघको निर्णय अनुसार यस अघि बरेङमा शाखा समिति गठन भइसकेको छ भने, बागलुङ र जैमिनीमा गठनको प्रक्रियामा रहेको जिल्ला समितिका सचिव विजय रानाले बताउनुभयो । शाखा गठनपछि जिल्ला समितिको भेला आयोजना हुन रानाले बताउनुभयो ।
संघको जिल्ला कार्य समितिले बागलुङ जिल्लाका तीन स्थानमा शाखा समिति गठन गर्ने निर्णय अनुसार शाखाको समिति गठन गरिएको संघका जिल्ला अध्यक्ष राम सुवेदीले बताउनुभयो ।
जिल्ला कार्य समितिको समेत पदावधि सकिएकाले तत्काल जिल्ला भेलाबाट नयाँ कार्य समिति चयनहुने सुवेदीले बताउनुभयो । प्रगतिशील पत्रकार संघ बागलुङले जिल्लाका विभिन्न स्थानमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई संगठित गर्दै लैजाने गरि शाखा समिति गठन गर्न थालेको उहाँले जानाकारी दिनुभएको छ ।