बिन बहदुर रेग्मी प्युठानि एमसिसी (Millennum Chalenge corporation) को विरोध भएको मैले देखें, आफ्नै आँखाले हेरे, जताततै नेपालका गाउँ गाउँ टोल टोलमा, सहरका गल्ली गल्लीमा, चोक चोकमा, सदन सडकमा, भेला सभा मसाल जुलुस निकालेका छन्, चर्को नाराबाजी गरिरहेका छन्, भाषण मा आक्रोश को आगो दन्किएको छ, प्रबासमा विदेशमा जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ विरोधको ज्वाला दन्किएको छ। आफ्नो रोजीरोटी कामधन्दा छोडेर महिला पुरुष को हुजुम निक्लेको छ विरोधमा। सामाजिक सञ्जालमा फेसबुकमा एमसीसी मुर्दाबाद लेखिएको छ। पत्रपत्रिका प्रेस मिडिया र अनलाईन खबर मा पक्ष विपक्षमा बहस छेडिएको छ। मैंले धेरै कुरा बुझ्न सकेको त छैन तर नेपाली शासकीय स्वरुपमा जनआक्रोश बढेको बुझ्छु। अमेरिकाले के दिदैछ त्यसको लागि विरोध होइन, नेपाली शासक वर्गको लाचारीपन मगन्ते भिकारी नीतिको विरोध म पनि गर्छु। आमूल परिवर्तन प्रजातन्त्र को लागि रगतको खोलो बगाएका सहिदहरुको अपमान गर्ने अधिकार कसले दियो यिनीहरूलाई? जनता र राष्ट्रको स्वाभिमान सँग खेलवाड गर्ने छुट कसले दियो यिनीहरूलाई? एमसिसी घातक हो भन्ने सबै कुरा जान्दा जान्दै पनि किन झुट बोल्छन शासकहरू? अमेरिका ले दिने पचास करोड डलर सहयोग होइन अनुदान लगानी हो। लगानी गरिसके पछि निश्चित समयमा फर्किने कुरा छैन त्यो हाम्रो आपत्ति हो। कालान्तर सम्म नेपाल मा बसेर राजनैतिक कुटनीतिक निगरानी गर्ने छुट हामी दिन सक्दैनौं। एमसिसि मुर्दाबाद