शनिबार, साउन १२, २०८१

प्रहरी हस्तक्षेप विच छापामार शैलीमा मसाल जुलुस सम्पन्न

बुटवल भाद्र २६गते ।
राजमाे सहित २२ दल मध्येका रूपन्देहीमा क्रियाशील दलहरूकाे संयुक्त संघर्ष समितिले दैनिक संघर्षका कार्यक्रमहरू संचालन गरिरहेकाेछ। यसै शिलशिलामा आज एमसिसी बिरूद्द छापामार शैलीमा मसाल जुलुस सम्पन्न भएकाेछ।
संयुक्त संघर्ष समितिकाे गुप्त याेजना जानकारी पाई सकेको सुरक्षा निकायले प्रदर्शन राेक्न व्यापक तैयारी गरिसकेको अवस्थामा एकथरी प्रदर्शनकारीहरूले पुष्पलाल पार्कमा नारा जुलुस गरि उनीहरूकाे ध्यान हटाईरहेका थिए।अर्कोतिर ट्राफिक चाैंककाे गल्ली बाट मसाल सहित प्रदर्शनकारीहरू छापामार शैलीमा एक्कासि सडकमा नारा लगाउदै निस्कनासाथ प्रदर्शनकारीमाथि सुरक्षाकर्मीकाे हस्तक्षेपले तनावकाे स्थिति सिर्जना भएको थियो। लछारपछारकाे विच ठूलाे संख्यामा प्रदर्शनकारीहरू मसाल सहित पुष्पलाल पार्कमा पुग्न सफल भए ।
समापन सभामा संयुक्त संघर्ष समितिको तर्फबाट बाेल्दै राजमाे केन्द्रीय सदस्य नारायण जिसीले एमसिसि नेपालमा लागू गर्नु भनेको देशलाई इराक,सिरिया र अफगानिस्तानकाे दिशामा लैजानु हाे भन्दै देशकाे स्वाधीनताकाे रक्षाकाे लागि एमसिसि खारेजीको विकल्प नभएको बताउनुभयो । एमसिसि हिन्द-प्रशान्त रणनीतिको अंग भएको बताउदै जसरी साेभियत संघ टुक्राउन अमेरिकाले नेटाे काे प्रयोग ग-याे त्यही रणनीति अनुसार चीनकाे आर्थिक प्रभाव र एकता समाप्त पार्न, टुक्र्याउन दशकाैं सम्म काम गरेपनि असफल भएपछि सिधा सैनिक हस्तक्षेपको लागि नेपालमा सैनिक क्याम्प खडा गर्न एमसिसि ल्याएकाे बताउनुभयो । मसाल जुलुस माथि प्रहरी हस्तक्षेपकाे इंगित गर्दै याे हस्तक्षेपले सामान्य चाेटपटक लागे पनि अप्रिय घटना भएन, यदी दुई चार जनाकाे वलिदानले एमसिसि खारेज हुन्छ र अमेरिकी अधिकारी रित्तो हात फर्कन्छन् भने,देशकाे स्वाधिनता बच्नेछ जस्मा हामी सबैको र देशकाे लागि गाैरवकाे विषय हुने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal