शनिबार, बैशाख ८, २०८१

गाउँपालिकाले सेटिङमा ठेक्कापट्टा मिलाएको भन्दै तीन दलको बिरोध

जुमान सिंह के सी असोज १८, प्युठान
गौमुखी गाउँपालिका प्युठानले सेटिङमा ठेक्कापट्टा मिलाएको भन्दै तीन राजनैतिक दलले आइतबार एक बिज्ञप्ति जारी गर्दै विरोध गरेका छ्न।
नेकपा एमाले, रास्टिय जनमोर्चा र नेकपा माओवादी केन्द्र गौमुखी गाउँ संगठनले बिरोध गरेका छ्न।गौमुखी गाउँपालिकाम १५ सैयाको अस्पताल निर्माणका लागी ०७७/०७८ मा अस्पताल स्वीकृत भए संगै भवन निर्माणको लागि प्रक्रिया अगाडि बढेको हो।
गाउपालिकाले भवन निर्माणका लागि डिपिआर बनाउने र अस्पताल भवनको ठेक्का प्रक्रियामा गाउँपालिकाले मनोमानी, मिलोमतोमा कागजात मिलाएर काम गरेको भन्दै स्थानीय दलहरुले आरोप लागएका छ्न।
पटकपटक गाउँपालिकामा उक्त विषयमा छलफल तथा ध्यानाकर्षण गराउदा समेत गाउँपालिका एकलौटी ढङ्गले सुनियोजित तरिकाले अगाडि बढेको बिग्य्प्तीमा उल्लेख गरिएको छ।
भवन निर्माणका लागि विधुतिय बोलपत्र मार्फत गरिएकोमा ४वटा निर्माण कम्पनी बाट प्रस्ताव आएको गाउँपालिकाले जनाएको छ।
तीन वटा निर्माण कम्पनीलाई आर्थिक प्रस्तावमा प्रतिस्पर्धामा सहभागी बनाइएन, ४ करोड भन्दा बढी रकम छोडेर ठेक्का लिन चाहाने निर्माण कम्पनीलाई समेत प्राविधिक प्रस्तावमा अयोग्य गराई सुनियोजित ढंगले पाखा लागाईएको कुरा उल्लेख गरिएको छ।
गाउँपालिकाको नेतृत्व तथा प्रमुख प्रशसकिय अधिकृत संग अपारदर्शी तरिकाले न्युनतम बित्तीय शुसासन तोडेर नितिगत भरस्ट्र्चार गर्ने उदेश्यले आर्थिक प्रस्ताव प्रतिस्पर्धा बिहिन गराएर ठेक्का सेटिङमा नलगाउन अनुरोध गर्दा समेत स्थानीय जिम्मेवार राजनैतिक दलको जायज सुझावलाई समेत लत्याउदै गाउँपालिका जबर्जस्त अगाडि बढेकोले आन्दोलन तथा बिरोध गर्न परेको बताएका छ्न साथै सचेत नागरिकलाई खबरदारी गर्न समेत अनुरोध गरिएको छ।
उता गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पन्थले ४ वटा निर्माण कम्पनीको प्रस्ताव परेकोमा तीन वटाको प्राविधिक मुल्यांकन नपुगेकोले आर्थिक प्रस्तावमा जान नसकिएको बताउनु भएको छ” उहाले एक मात्र निर्माण कम्पनी योग्य भएकोले आर्थिक प्रस्ताव स्वीकृत गरिएको बताउनु भयो साथै उहाले भन्नू भयो खरिद ऐन २०६४ र नियमावली २०६५ अनुसार प्रक्रियागत ढंगले काम गरेकोले कुनै त्रुटी गाउँपालिकाबाट नभएको समेत जानकारी गराउनु भयो।
१९ करोड ४१ लाख लागत अनुमान गरिएकोमा महादेव खिम्ती आसु मल्लरानी जे भि कम्पनीले १.८ अर्थात् ३४ लाख मात्र रकम छोडेको र १९ करोड ७ लाखमा ठेक्का सम्झौताको लागि गाउँपालिकाले अशायपत्र प्रकाशन गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?