शनिबार, साउन १२, २०८१

बिबाहको दिनमै सामाजिक सेवामा जोडिए नव दम्पति

जुमन सिंह के सी,प्युठान
गौमुखी गाउँपालिका वाडा न. ५ ठुलाबेसिका पुष्प न्योपानेले आफ्नो बिबाहको अवसरमा सामाजिक सेवामा समेत जोडिएर उदाहरणीय बनेका छ्न।
गौमुखी गाउपालिकाका जनसमुदाय अझै स्वास्थ्य र शिक्षामा पछाडी रहेको भन्दै आफुले सहयोग गर्ने सोच बनाएको उनले वताए ।
गौमुखी गाउँपालिका ५ ठुलाबेसीका पुष्प न्यौपाने र मदाने गाउँपालिका अग्लुङफेदीका सुजाता चन्द बिच वैवाहिक जीवनमा वाधिएका छ्न, बिबाहको दिनमा नै सहयोग हस्तान्तरण गरिएको छ।
गौमुखी गाउँपालिका पुजा स्वास्थ्य चौकीको लागि एक लाख पन्द्र हजार रकम बराबरको एक थान इ.सि.जि. मेसिन गाउँपालिका अध्यक्ष बिस्नु कुमार गिरीलाई न्यौपानेले हस्तान्तरण गरेका छ्न।
साथै उनका हजुरबुबा तथा समाजसेवि लालुराम जैसीले पुजा सामुदायिक इकाईमा प्रतीक्षालय निर्माणगर्नु भएकोमा संरक्षकत्वको लागि समेत लालुराम जैसीले गाउँपालिकालाई प्रतीक्षालय हस्तान्तरण गर्नु भएको हो।

सुभ बिबाह तथा हस्तान्तरण कार्यक्रममा गौमुखी गाउँपालिका भित्रका दलित बालबालिकालाई शिक्षामा पहुँच वृद्धि गर्न र हौसला दिनको लागि एक लाख पच्चिस हजारको अक्षयकोष स्थापना गर्ने नयाँ दम्पतिको तर्फबाट पुष्प न्यौपानेले घोषणा समेत गरेका छ्न।
उनले आफ्नो हजुरबुबा र बुबाको सामाजिक कार्यबाट प्रभावित सेवा गर्ने इच्छा भएको पुष्प न्यौपानेले बताएका छ्न।
सुभ बिबाह तथा हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद तारा जि सी को समेत प्रमुख आतिथ्यता रहेको थियो।
शुभ बिबाह तथा हस्तान्तरण कार्यक्रममा बोल्ने अतिथिहरुले नव दम्पती तथा समाजसेवि परिवारले समाजमा पुर्याएको योगदान अतुलनीय रहेको र अन्य सहयोग गर्न चहानेहरुका लागि समेत हौसला प्रदान गरेको बताएका थिए।
नव दम्पतिका बुवा तथा समाजसेवि ज्ञमुराम न्यौपानेले केही फजुल खर्च घटाएर समाजको निम्ति सहयोग पुगोस भन्ने सोचाइका साथ सहयोग गरिएको भन्दै ती सम्पत्ति सहि तवरले सदुपयोग गर्न पनि अनुरोध गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal