शुक्रबार, चैत्र १६, २०८०

अखिल नेपाल युबक संघले प्युठानको  झिमरुकमा बृहत भलिवल खेल आयोजना गर्दै 

 

शंकर प्रसाद पोख्रेल प्युठान मच्छी

अखिल नेपाल युबक संघ झिमरुक गाउंपालिकाको आयोजनामा झिमरुक गाउंपालिकाको मच्छी बजार स्थित क्याम्पसको गिराउनमा यहि मंसिर १र २ गते भलिबल खेल आयोजना गर्न लागेको अखिल नेपाल युबक संघ झिमरुकका अध्यक्ष भरत ढकालले झिमरुक पोस्ट्लाइ जानकारी दिनुभयो।

प्रथम पुरुस्कार रु २००००बीस हजार ,दोस्रो पुरस्कार रु १५००० पन्ध्र हजार  र तेस्रो पुरस्कार रु १०००० दस हजार रासिको रहेको अध्यक्ष भरत ढकालले बताउनुभयो। खेलाडीहरुलाइ खेलको बिकास गर्नको लागि प्रेरित गर्न खेल भावनामा युबाहरुको उत्साहित पार्न खेलको आयोजना गरिएको युबक संघ झिमरुकले हामिलाइ जानकारी दिए ।झिमरुक गाउंपालिकका अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका नेता तिलक जिसिले एक कार्यक्रमका बीच खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको अखिल नेपाल युबक संघ झिमरुकले, झिमरुक पोस्टलाई जानकारी गराएकाछन।सवै खेलाडी र खेल प्रेमिहरुलाइ  भलिबल खेलमा सहभागी हुन युवक संघ झिमरुकले हार्दिक अनुरोध समेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal