शुक्रबार, चैत्र १६, २०८०

मूलप्रवाह जालन्धर र हिसारको देउसीभैलो समिक्षा कार्यक्रम सम्पन्न

 

खिमराज चालिसे चंडिगढ
२२ नोवेम्वर २०२१

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिको आयोजनामा २०७८ को प्रगतिशील जनवादी भैलोको समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

समिक्षा कार्यक्रममा देउसीभैलो को महत्ववारे प्रकास पार्दै बोल्ने अतिथी वक्ताहरु मा मूलप्रवाह का केन्द्रीय सदस्य कुल बहादुर बगाले, महिला विभागकी केन्द्रीय सदस्य शुष्मा खड्का र राजमो पाल्पाका बसन्त दर्लामी लगाएत हुनुहुन्थ्यो।

त्यसैगरि टिम ए बाट गिर बहादुर रसाइली र टिम बी बाट जमुना गाहा ले टिम को तर्फबाट सम्पुर्ण रिपोर्टिङ गर्नु भएको थियो भने रोशनी केसी, सरस्वती आचार्य, रमा बिष्ट, हरिकला बगाले, कविता थापा , अन्जली थापा ले आ आफ्ना अनुभवहरु राख्नु भएको थियो। तत्पश्चात आर्थिक आय व्याय को विवरण सहित रिपोर्टिङमा आएको विषयमा धन बहादुर गोर्खालीले स्पष्टीकरण दिनु भएको थियो।

कार्यक्रम दिल बहादुर गाहाको अध्यक्षतामा तथा लक्ष्मण खड्का को सन्चालनमा सम्पन्न भएको हो भने उपस्थित सबैलाइ लक्ष्मण के सी ले स्वागत गर्नु भएको थियो।

त्यसैगरी मूलप्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रको हिसार नगर समिती द्धारा संचालित रक्तिम विभागको आयोजनामा प्रगतिशील देउसी भैलोको समिक्षा तथा कलाकार हरुलाइ धन्यवाद ज्ञापन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

प्रगतिशील देउसी भैलोको प्रवासमा महत्व तथा कार्यकर्त्ताहरु को जिम्वेदारी लगाएतका विषयहरुमा गहकिला विचार राख्दै रक्तिमका कलाकारहरु लाइ प्रोत्साहन स्वरुप धन्यवाद दिदै वोल्ने वक्ताहरुमा मूलप्रवाह केन्द्रीय सल्लाहकार तारा सोमरे, क्षेत्रीय सदस्य नन्द बहादुर लम्तरी, नगर समिती का बाबुराम शर्मा,क्षेत्रीय महिला बिभाग सदस्य सेती राना, महिला नगर बिभागकी सीता पोख्रेल, इन्ड्रष्ट्रीयल एरिया अध्यक्ष लाल बहादुर चुदाली , जनजाती नगर संयोजक केहर सिंह घर्ती मगर, नगर सदस्य बिष्नु गौतम लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम निरु सारुको संचालनमा तथा योगेन्द्र दर्लामीको अध्यक्षतामा सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal