शनिबार, साउन १२, २०८१

एमाले महाधिवेशनमा बोल्दै चित्र बहादुर केसिले भने राजनीतिक दलकै कारण अहिले सबैतिर निराशा छाएको छ

एमाले महाधिवेशनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलकै कारण अहिले सबैतिर निराशा छाएको बताएका छन्।

शुक्रबार चितवनमा आयोजित नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष केसीले सबै राजनीतिक दलले सच्चिने वेला आएको बताए।

“संसद् अस्तव्यस्त छ। कार्यकारिणी राम्रो छैन। न्यायापालिकाभित्र पनि राम्रो छैन। सबैतिर निरासा छ,” केसीले भने, “यो सबै राजनीति पाटिको कमजोरिको  कारणले भएको हो। राजनीति पाटिहरु  सच्चिनुपर्छ।”केसिले राष्ट्रियता रक्षा गर्न र पराप्त उपलब्धिको रक्षा गर्न बामपंथी र लोकतान्त्रिक सक्तिहरु मिलेर जानुपर्ने वताउनुभयो ।

सबै मिलेर नै गणतन्त्र र धर्म निरपेक्षता ल्याएको उनको भनाइ थियो। अब यसको रक्षाका लागि पनि सबैले मिलेर अघि बढ्नुपर्ने केसीको जोड थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal