शनिबार, साउन १२, २०८१

रुसि राष्ट्रपति पुटिनले भारत भ्रमणमा गर्दा , अमेरिका तनावमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक दिने भ्रमणका क्रममा सोमबार भारत आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसमा पुटिनसँग भेट गरेका छन् ।

भारत भ्रमणका क्रममा पुटिनले सैन्य र ऊर्जा सम्बन्धबारे भारतीय पक्षसँग छलफल गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

कोभिड-१९ महामारीपछि दोस्रो पटक विदेश भ्रमणमा आएका पुटिनले रुसको परम्परागत मित्र भारतसँग सैन्य तथा ऊर्जा सम्बन्ध थप सुदृढ बनाउने प्रयास गर्ने समाचारहरुमा उल्लेख छ ।

शीत युद्धताका रुस र भारतबीच घनिष्ट सम्बन्ध थियो । भारतले अहिलेसम्म कायम रहेको उक्त सम्बन्धलाई ‘विशेष रणनीतिक साझेदारी’ भन्दै आएको छ ।

‘भारत र रुसबीचको मित्रता लामो समयदेखि कायम छ’, सेप्टेम्बरमा भएको एक भर्चुअल सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनसमक्ष भनेका थिए, ‘तपाईं सधैं भारतको महान मित्र रहँदै आउनुभएको छ ।’

तर पछिल्लो समय भारत राजनीतिक एवं आर्थिक रुपमा अमेरिकासँग नजिकिन थालेको देखिन्छ । भारत र अमेरिकाबीच सैन्य सहकार्य समेत बढ्न थालेको छ । अमेरिका, जापान र अष्ट्रेलिया सम्मलित क्वाड सुरक्षा संवादमा भारत सामेल भइसकेको छ  पुटिनको भारत भ्रमण संगै अमेरिकालाई तनाब हुने बिस्लेसक हरु बताउछन।यो समाचर अन्लाईन खबरमा छापिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal