शनिबार, साउन १२, २०८१

डा. गोविन्दराज पोखरेलले गरे केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

शंकर प्रसाद पोख्रेल                                                                                                             प्युठान                                                               डा. गोविन्दराज पोखरेलले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गर्नुभएको छ।डाक्टर पोख्रेल  राष्ट्रिय योजना आयोगको पुर्व उपाध्यक्ष समेत रहनुभएको थियो।

डाक्टर गोबिन्दराज पोखरेलले सामाजिक संजाल ट्वीटर मा टुइट गर्दै आफूले सो पदमा उम्मेद्वारी दिनेबारे सार्वजनिक गर्नुभएको हो। ‘ कांग्रेसको १ ३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा १०९६ मतसहित ३३ औं  भएको थिएँ । युवामा देशमै उज्यालो भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास सिर्जना गर्न मेरो अनुभव र उर्जा प्रयोग गरी पार्टीका नीति र कार्यक्रममा सुधारका लागि १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने कुरा डाक्टर गोबिन्दराज  पोख्रेलले  उल्लेख  गर्नुभएको छ। डाक्टर पोख्रेलले  ७४को निर्वाचनमा प्युठानबाट संघिय सांसदमा कांग्रेसको तर्फबाट उम्मेद्बारी दिनुभएको थियो ,भने राष्ट्रिय जनमोर्चाकि उमेदवार दुर्गा पौडेललले चुनाव जित्नुभएको थियो दुर्गा पौडेललाइ एमाले र माओबादिको साथ रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal