शनिबार, साउन १२, २०८१

युवकले गर्भवती दिदीको घाँटी रेटेर हत्या गरे

महाराष्ट्रः एक युवकले गर्भवती दिदीको घाँटी रेटेर हत्या गरेका छन्। भारतको महाराष्ट्र राज्यस्थित औरंगावाद जिल्लाको गोयगाउँमा आफ्नै आमा र भाइले एक गर्भवती महिलाको घाँटी रेटेर हत्या गरेका हुन्।

 

 

१९ वर्षीया ती युवतीले परिवारको इच्छाविपरित आफ्ना प्रेमीसँग भागेर विहे गरेको र विहेपछि उनको माइती पक्ष रुष्ट बनेको खुलेको छ। आमा र छोरा दुवै मिलेर उनको हत्या गरेको खुलेको छ।

परिवारको इच्छाविपरित गरेको विहे नै उनको हत्याको कारण बनेको प्रहरीले भारतीय मिडियासँग बताएका छन्।

आइतबार भएको सो घटना तीन दिनपछि सार्वजनिक भएको बताइएको छ। हत्याको समयमा ती महिला दुई महिनाको गर्भवती भएको र उनी गर्भवती भएको खबर भाइ र आमा दुवैलाई मात्र थाहा भएको अनुसन्धानबाट खुलेको छ।

मृतकका भाइ र आमाले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ। हालः दुवैलाई प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ। आजको हिन्दी अन्लाईन पृष्ठमा यो समाचार छापिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal