बिहिबार, अशोज २४, २०८१

मुल प्रवाहको हिमाचलमा आठौं सम्मेलन प्रचारात्मक सभा सम्पन्न

८जनवरी २०२३ सोलन (हि.प्र.)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेला सम्पन्न भएको छ । क्षेत्रीय समितिका ठाकुर प्रसाद पंथको अध्यक्षता धर्म सिंह डागरको संचालनमा अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि महासचिव ठाकुर खनाल, अन्य अतिथिहरु केन्द्रिय समितिका नेत्र गुरुङ, केन्द्रिय सदस्य तथा हिमाचल राज्य समिति अध्यक्ष शोभाखर पंथ, केन्द्रीय समितिका विरु श्रेष्ठको आसन ग्रहण पछी ज्ञात-अज्ञात सहिदहरुलाई एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरियो । कार्यक्रममा आयोजक समितिको तर्फबाट सितारामले स्वागत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले सम्बोधन गर्दै भन्नु भयो । मूल प्रवाहले भारत स्थित नेपालीहरुको अभिभावकिय भुमिका निभाउनुका साथै नेपालीहरुलाई राजनैतिक रूपमा सचेत गरि नेपालको जनवादी आन्दोलनलाई सहयोग पुर्याउदै आएको छ । नेपालमा जनताले आन्दोलनको बलमा स्थापित गरेका राजनैतिक उपलब्धिहरुलाई कुल्चने प्रयास भएको छ । छिमेकी देश भारतका कट्टर हिन्दुत्ववादी साशक, नेपालका राजावादीहरु नेपालमा हिन्दुराज्य र त्यसको आडमा राजतन्त्रको पुनर्स्थापना गर्ने षड्यन्त्र गरिरहेका छन् । एमालेको राजनीतिले पनि त्यसैलाई अगाडि बढाएको छ ।
अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिको अंग रहेको MCC सम्झौता पास गराउन प्रयास भइ रहेको छ । त्यो सम्झौता नेपालको सार्बभौमसत्ताको विरुद्धमा छ । नेपालको अतिक्रमीत भुमिको फिर्ताको लागी आन्दोलन अगाडि बढाउनु पर्ने आवश्यकता छ ।
यो अवस्था आज हाम्रो काथमा अतिरिक्त जिम्मेवारी आएको छ । एकातिर जनताको बलिदानीपूर्ण आन्दोलनका उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गर्ने अर्को तर्फ प्रवासी नेपालीहरुको हक अधिकार सुनिश्चित गर्ने । त्यसै जिम्मेवारीलाई आत्मसात गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो आठौं अखिल भारत नेपाली एकता सम्मेलन “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थिति प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं” भन्ने मूल नारा तय गरेको छ ।
खनालले नेपालका राजनैतिक दलहरु माथि टिप्पणी गर्दै भन्नू भयो । कैयौं राजनैतिक दल संख्यात्मक रूपमा ठूला छ । दृस्ठिकोण सानो छ । उनीहरू कसरी सत्ता पुग्ने र कसरी टिकीरहने मात्रै चिन्ता छ । जनता हक अधिकार मुक्ति आदि विषय चुनावी हथकण्डा मात्रै बनाएका छन् । प्रजातन्त्र समाजवाद – जनवाद नारामा सिमित हुन पुगे । कम्युनिस्ट पार्टीको नाममा पुजीवादी राजनीतिलाई अगालेका छ्न । केहि आफुलाई क्रान्ति भन्न रुचाउनेहरु वर्तमान राजनैतिक अवस्थामा जनताको आन्दोलनको बलमा स्थापित गणतन्त्र धर्मनिरपेक्षता आदि पुजीवादी कन्सेप्ट हो हामी क्रान्तिकारीहरु त्यसको रक्षामा होइन त्यसलाई ध्वस्त गरि अगाडि बढ्ने भनी रहेका छन् । तर व्यवहारत उनका विचारले अग्रगमनलाई होइन प्रतिगामी विचारलाई बल पुर्याईरहेको छ । विगतको इतिहास साक्षी छ । उग्रवामपन्थको अन्ततः दक्षिणपंथमा पतन भएको छ । नेकपा( मसाल) सबै प्रकारका प्रतिक्रियावादी, संशोधनवादी र उग्रवामपन्थी विचारको विरुद्ध सम्झौताहिन संघर्ष गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउदै आईरहेको छ । संख्या बलमा सानो भएता उसको दृष्टिकोण र राजनैतिक दिशा सहि भएकोले नै उसले अगाडि सारेको राजनीति समय सापेक्ष सही सावित भएको छ, भन्नू भयो ।
कार्यक्रमलाई नेत्र गुरुङ, शोभाखर पंथ र विरु श्रेष्ठले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा हिमाचल राज्य समितिका अध्यक्ष शोभाखर पंथको संयोजकत्वमा ७५सदस्यीय सम्मेलन सहयोग समिति विरु श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उपसमिति, राम सिंह पल्लीको संयोजकत्वमा १३ सदस्यीय स्वयंसेवक समिति र भुवन केसीको संयोजकत्वमा ५७सदस्यीय प्रचारप्रसार समितिको गठन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?