शनिबार, बैशाख ८, २०८१

चिनले गर्यो बिकासमा चमत्कार ,बनायो समुन्द्रमुनी गाडी चल्ने राजमार्ग

सीएनएन । चार वर्षको निर्माणपछि चीनको सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ सार्वजानिक भएको छ । अहिले यो ट्राफिकका लागि खुला भइसकेको छ अर्थात सञ्चालनमा आएको बताइएको छ । 

१०.७९ किलोमिटर लामो यो अन्डरवाटर हाइवे चीनको जिआङसु प्रान्तको तैहु प्रान्तदेखि पूर्वी सांघाइको ५० किलोमिटरसम्म फैलिएको छ ।

जिआङसुका सरकारी अधिकारीहरुले बताए अनुसार यो टनेल बनाउन १.५६ अर्ब डलर खर्च भएको छ । यसको निर्माण २०१८ को जनवरीमा सुरु गरिएको थियो ।

यसमा टु–वे टनेलका लागि २० लाख क्युबिक मिटर कंक्रिटको प्रयोग गरिएको थियो । यसका ६ लेन रहेका छन् जुन १७.५ मिटर चौडा छन् ।

यति मात्र नभएर टनेलको सिलिङमा समेत सुन्दर रङ्गीचङ्गी एलइडी लाइट्सहरु राखिएको छ । यसले चालकलाई थकानबाट जोगाउने बताइएको छ । यो टनेल चीनको लामो समयदेखिको महत्वाकांक्षी परियोजना थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?