शुक्रबार, माघ ७, २०७८

´´महल र झुपडि“

लेखक खुमिराम भण्डारी कपिलवस्तु

गास छैन वास छैन,
चिसो छेक्ने कपास छैन
,तर पनि चिसोले कठान्ग्रियको छैन
दुई छाक टार्न बालबच्ला को भोक मार्न।
मुस्किल छ तर म भोकै छैन ,
अरुको दैलोामा खान देउ भन्न गयको छैन।

वास छैन आफ्नो हक लाग्ने जग्गा छैन ।
तर पनि सडक र जँगल मा वसेको छैन,
मजदुर गर्छु ईमानदार छु कसैको लुटेको छैन।
कसैलाई छलेको छैन जालझेल गरेको छैन,

ईस्ट ईजत कर्तवय अनि धर्मको मार्ग विर्सेको छैन
घरकै चार दिवारमा सत्रुको जन्म हुन्छ ,,
सडक पेटि वस्ति शहर मा मित्रको जन्म हुन्छ।
जतागय उतै ईस्ट र मित्र छन,
मन त्यसै धनि छ, गरिव भन्न रुचाउदिन,

महल वनाय भन्दै मा घमण्ड न देखाउ,
धन कमाय भन्दै मा अँहकारि न बन
वल छ भन्दै मा वल पर्योग न गर।
नसा मा रमाउदैमा बलवान् हुदैन,

अहँकार घमण्ड र स्वार्थको यात्र छोटो हुन्छ।
ईमानदार मिलनसार निस्वार्थको लामो हुन्छ।
सुनामि आउला माहाभुकम्प आउला,
अरुले आटगरेर मजदुर गरेर उठायक‍ो महल,
माटो मा मिल्न जाला,

तर झुपडि कहिले ढल्दैन।
ढले उठाउन वेर लाउदैन,
वदनामि गर आरोप लगाउ
अपहेलना गर अन्यया गर
अत्याचार गर हातपात गर।

म मा सहन्सिल्ताछ सहन्छु,
मानिसको परिचय उसको चलित्र ,
अनि उस्ले गर्ने व्यवाहार ले दिन्छ,
नसाले हैन, अँहकार र घमण्ड ले हैन,

हरेक मानिसको हरेक परिचय छ,
महल र झुपडी मा फरक छ,
महल मा रमाउने ले झुपडी को महत्त्व वुज्दैन्न,
झुपडी मा रमाउने ले,
अँहकार घमण्ड स्वार्थ मा रहदैनन।
लोभ लालच वाट टाडा हुन्छन,

ईस्ट राख ईजत राख धर्म राख कर्तव्य को पालना गर
जिवनको हरेक यात्रमा एक्लो हुनै छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?