शनिबार, बैशाख ८, २०८१

प्यूठानका सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई प्रवेश निषेध

अनुज पछाई , प्यूठान । प्यूठान जिल्लाभरका होटल रेष्टुरेन्ट तथा सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई प्रवेश निषेध गरिने भएको छ ।
प्यूठानको मुख्य ब्यपारिक केन्द्र बिजुवार, जुम्रि लगायत जिल्लाभर अब मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट, सार्वजनिक यातायात तथा सार्वजनिकस्थलमा प्रवेश निषेध गरिने भएको हो ।
कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा फैलिएसँगै सुरक्षा मापदण्ड अनुसार मास्क नलगाउनेलाई प्रवेश निषेध गर्ने जिल्ला प्रशासन कार्यालय प्यूठानले एक सुचना मार्फत जानकारी दिएको छ ।
प्यूठानमा कार्यालय ,होटेल , रेष्टुरेण्ट ,खेलमैदान ,पार्क आदिमा प्रबेश गर्दा अनिबार्य रुपमा कोभिड बिरुद्धको खोप लगाएको कार्ड हातमा राख्ने र देखाएर मात्र प्रबेश गर्न गराउन जिल्ला प्रशासन कार्यालय प्यूठानले अनुरोध गरेको छ ।खोप कार्ड को फोटो मोबाइलमा भए पनि हुने सुचनामा उल्लेख गरिएको छ ।
होटल, रेष्टुरेन्टमा सिमित व्यक्तिलाई मात्र राखेर कम्तिमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्नुपर्ने छ । होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नलगाउनेलाई प्रवेश निषेध गर्न कडाई गरिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?