शनिबार, साउन १२, २०८१

जातीय समता समाज झिमरुक गाउपालिका–४ नं वडा समितिको प्रशिक्षण सम्पन्न

खिम बहादुर विक, प्युठान ।
जातीय समता समाज झिमरुक गाउपालिका–४ नं वडा समितिको प्रशिक्षण बाङ्गेमा सम्पन्न भएको छ ।

कार्यक्रममा जातीय समता समाज लुम्बिनी प्रदेश सदस्य तथा प्युठान जिल्ला कोषाध्यक्ष विनोद कुमार विक र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य खिम वहादुर विकले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यसक्रममा उहाँहरुले समता समाजको उद्देश्य, राजनीतिक पार्टीहरुको विष्लेसण, संगठनको महत्त्व, दलित एकता लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रमा जातीय समता समाज झिमरुक–४ का अध्यक्ष मोहन विक, मूल प्रवाह दिल्ली नगरका कृष्ण विक गुडगाव नगरका दुर्गा विकको पनि आतिथ्यता रहेको थियो ।

समता समाज झिमरुक पालिका सदस्य तथा ४ नं वार्ड दलित महिला सदस्य गोमा विकको अध्यक्षता, तेज बहादुर विकको सन्चालन र मोहन परियारको स्वागत मन्तव्यबाट कार्यक्रम अघि बढेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal