शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा वडा भेला भकुण्डेमा सम्पन्न

तिलक थापा

बागलुङ नगरपालिका वडा न.-१० भकुण्डेमा राष्ट्रिय जनमोर्चाको वडा भेला २०७८ माघ १८ गते सम्पन्न भएकाे छ । भेलामा राष्ट्रिय जनमाेर्चाका भिम बहादुर मल्ल र तिल बहादुर शाहीले मन्तव्य राख्नु भएको थियो ।
भेलाले भिम बहादुर मल्लकाे अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय जनमाेर्चा वडा समिति भकुण्डे चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा ख्याम बहादुर मल्ल, सचिव तिल बहादुर शाही, काेषाध्यक्ष मनिकला बुढाथोकी सदस्यहरुमा तिल बहादुर जि.सी., लाल बहादुर जि.सी., मया शाही मल्ल, उजिरसिङ बि.क., अर्जुन थापा, दल बहादुर थापा र पदम बहादुर बुढाथोकी रहनु भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal