शुक्रबार, साउन ४, २०८१

अब मसाल कां?भन्नेहरुलाई जवाफ !

 

– बिन बहादुर रेग्मी

एउटा अन्लाईनमा  २० पुस २०७८ मा प्रदीप ज्ञवाली ले एउटा लेख “अब मसाल कता?” शीर्षकमा लेखेका रहेछन, लेखक संभवत: एमाले नजिकका बुद्धिजीवी कलम बहादुर हुनु पर्छ, म उहाँलाई चिन्दैन तर उहाँका लेखाई शब्द छनौट हेर्दा उहाँ एमाले कै हनुमान हो भन्ने कुरामा शंका छैन। देशको सबैभन्दा ठूलो दल हूँ भन्ने एमालेका कलम बहादुरहरुको ध्यान पनि मसालमा जादो रहेछ र आफू अनुकूल मिलाएर लेख लेख्न बाध्य हुने रहेछ। यसको अर्थ मसालको राजनीतिले उनीहरूलाई राती निद लाग्दैन, दिनमै पनि एक्लै बर्बराउने बनाउँदो रहेछ भन्ने लाग्यो।
उनले आफ्नो लेखमा लामो गन्थन लेखेका छन्। त्यस मध्ये ४६ सालको त्रिपक्षीय सम्झौता धोका हो भन्ने मसालको नीतिले उनलाई ठूलो चोट पुगेको देखिन्छ। २०४६ सालको महान जनआन्दोन चरम उत्कर्षमा पुगेको बेला चोर ढोकाबाट सिंहदरबार छिर्नुलाई शक्ति सन्तुलन को बाध्यता भनेका छन्। राजा हारेको तर्सेको अन्तिम अवस्थामा के बाध्यता थियो लेखेका छैनन। उनीहरूले बनाएको संविधानलाई मसालले कालो संविधान भन्यो भनेर पिर मानेका छन।संसदीय चुनाव बहिस्कार पार्टीको नीति थियो उनीहरुले हारेको र कांग्रेसले जितेकोमा दोष जति मसाल लाई थोपरेर आफू पानी माथिको ओभानो बन्न खोजेका छन्। संविधानसभाको चुनाव हुनै पर्छ भन्ने मसालको नारालाई कुतर्क गरेर गलत बताउने असफल कोसिस मात्रै गरेका छन। तात्कालिक रुपमा संविधानसभाको चुनाव आबस्यक थियो भन्ने स्वीकार त गरेका छन तर लेख्न सकेका छैनन। के राजाले संविधानसभाको चुनाव गराउँथे त? भन्ने हास्यास्पद कुतर्क लेखेका छन्। घुमाई फिराई उनको भनाइ एमालेलाई समर्थन गरेन भन्ने नै छ के राष्ट्रघाती महाकाली सन्धि गर्दा समर्थन सही हुन्थ्यो? महाकाली सन्धि कुन बाध्यता थियो त्यो लेखेकै छैनन। पार्टीमा भित्र हुने टूट फुट विद्रोह मा मजा लिदै भनेका छन मसाल पटक पटक विभिन्न प्रकारका आरोप लगाएर अवसरवादी अराजकतावादी भन्दै कारबाही गर्छ र खुम्चिएर सानो समुह मात्रै भएको छ। उनले यो लेखेका छैननकि केही जासुहरुलाइ एमालेले  पार्टीमा घुसाएका थियो। लेखको सारमा मसाल एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी हो भनेर कबुल गरेका छन्। पार्टी अर्ध भूमिगत राजनीतिमा लागेको र मोहनविक्रम नेपाली माओ सम्म लेखेका छन्। उनको शीर्षक अब मसाल कता जाँदैछ? को उत्तर आफै दिएका छन मसाल ले देश र जनताको हितमा पार्टी र क्रान्तिको लागि सम्झौताहीन संघर्ष गर्दै आएको छ। निकट भविश्यमा गरिबीको चपेटामा परेका भोको पेट बाट क्रान्तिको ज्वालामुखी विष्फोट हुनेछ। त्यही डरले तर्साई रहेको छ लेखक प्रदीप ज्ञवाली जि लाई। अरु को कति तर्सेका छन आउने दिनमा थाहाँ हुने नै छ। आफ्नो डर लेख द्वारा प्रदर्शित गर्नु भएकोमा उहाँलाई धन्यवाद मात्रै भन्न सकिन्छ।

(लेखक:- मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनुहुन्छ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?