शनिबार, साउन १२, २०८१

राणा,राजतन्त्र जस्तै अमेरिकालाई पनि नेपाली जनताले डाँडा कटाउने छन्: बद्रे आलम

 

बुटवल माघ २६ गते।

(MCC) एमसिसी  सम्झौता,महंगी र सिमा अतिक्रमण विरूद्द बुटवलमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ। जेसिस चाैकमा सम्पन्न भएको संयुक्त विराेध कार्यक्रमलाई सम्बाेधन गर्दै राजमाे केन्द्रीय सदस्य का० बद्रे आलमले राष्ट्रघाती शाशकले अमेरिकी परियाेजना एमसिसी पास गर्ने प्रयत्न गरेपनि नेपाली जनताकाे सचेत आन्दाेलनले त्याे असफल पार्ने बताउनुभएको छ।विगतको जहाँनिया राणा शासन र राजतन्त्र नेपाली जनताको आन्दाेलनले अन्त गरेकाे इतिहास सम्झाउदै राजमाे नेता आलमले पटकपटक देशका राष्ट्रघाती शाषकहरूले देश र जनता प्रति गद्दारी गर्ने गरेकोले कतै एमसिसीमा पनि याे दाेहाेरियाे भने हामी नेपाली जनताले अमेरिकी साम्राज्यवादलाइ सिमा कटाउने दावा गर्नुभयो ।
एमसिसी संशोधन गरेर पनि पास गर्न नमिल्ने भन्दै नेता आलमले याे आईपीएस काे अंग भएको प्रस्ट भएको बताउँदै याे वा त्यो वाहानामा यसलाई स्वीकार हैन सिधा खारेज गर्नुपर्ने बताउनुभयो । भारतीय साम्राज्यवादले जनसांख्यीक तथा सिमा अतिक्रमण गरेर नेपालको अस्तित्व समाप्त गर्न प्रयत्न गरिरहेको पनि चर्चा गर्नुभयो । कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का पिविएम प्रेम सुवेदी,नेकपा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज का०कृति,नेकपा(माले)स्थाई समिति सदस्य गाेपालमणि दीक्षित , माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष विनाेद उपाध्याय
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल कि जिल्ला सचिव का० भगवती ले पनि सम्वाेधन गर्नुभएको थियोे । कार्यक्रममा नेकपा(मसाल) र देजमाे नेपालकाे पनि सहभागिता थियाे। कार्यक्रमकाे संचालन राजमाे रूपन्देहीका सचिव टान बहादुर केसीले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal