शनिबार, साउन १२, २०८१

युक्रेनमा : रुसी आक्रमण सुरु हुनसक्ने अमेरिकाको चेतावनी

बेलारुसमा रुसी सेना

तस्बिर स्रोत,EPA

युक्रेनमाथि ”कुनै पनि बेला” आक्रमण गर्नका लागि रुसी सैन्य बल तयार रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई ४८ घण्टा भित्रमा युक्रेन छाड्न अमेरिकाले आग्रह गरेको छ।

हवाई बम आक्रमण सुरु हुनसक्ने हुँदा त्यहाँबाट निस्कन अप्ठ्यारो पर्न सक्ने र त्यसले सर्वसाधारणहरूलाई खतरामा पार्न सक्ने शुक्रवार ह्वाइट हाउसले जनाएको छ।

युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरिएको भए पनि रुसले आक्रमणको योजना अस्वीकार गर्दै आएको छ।

यूके, क्यानडा, नेदरल्यान्ड्स, लाटभिया, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन।

रुसी विदेश मन्त्रालयले पश्चिमा राष्ट्रहरूलाई गलत सूचना फैलाएको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेनाहरू अब ”ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा” रहेको बताएका छन्।

युक्रेन तनाव

आफ्नो प्रशासनलाई आक्रमण बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय गरे / नगरेको जानकारी नरहेको तर क्रेमलीनले सैन्य कारबाहीको औचित्य सिद्ध हुने बहाना खोजिरहेको हुँदा तीव्र हवाई बम आक्रमणबाट थप कारबाही सुरु हुनसक्ने सलेभनले बताए।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने बताएका थिए।

अस्ट्रेलिया भ्रमणका क्रममा उनले सीमावर्ती क्षेत्रमा थप सैन्य अधिकारीहरू आएसँगै तनावका बढ्दो सङ्केतहरू अमेरिकाले देखेको बताए। बिबिसी नेपाली सेवा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal