शनिबार, साउन १२, २०८१

अर्थ नपाएको प्यार दिवश

 

जुना चालिसे – चंडिगढ

अर्थ नपाएको कस्तो हो यो प्यार दिवश।
कैयन नारी कैयन पुरुष हुन्छन विवश।।
सबै उस्तै हुन्छन त भन्न खोज्या हैन मैले ।
एक अर्काको पीडा र दुख बुझ्न भन्छु पैले ।।

रगत संग साट्या पैसा उडाएर खाली।
छोराछोरी हुदा नि अविवाहित वन्ने खाली।।
पुरुषप्रधान समाज छ पुरुषकै राज।
तरपनि महिलाहरु कम छैनन आज।।

श्रीमानको पैसा माथी ऐस र आराम गर्ने।
के प्रेम भन्नु बरै आफनै स्वार्थ मात्र गर्ने।।
एक दिनको दिवशमा त ज्यादै राम्रो बन्ने।
घरमा भने कलझगडा सधै भरि गर्ने।।

कठैवरा ! पश्चिमीको नकल गर्ने हामी कस्ता।
यो संसार बदल्नेले मान्छौ दिवश यस्ता।।
बाबाआमा वृद्धाश्रम सम्झिएर मन रुन्छ।
प्रेम दिवस भन्ने कति विश्वास योग्य हुन्छ?।।

न नारी पिडीत हो न पुरुष पिडित समाज।
फालौ यो संरचना बनाऔ सभ्य समाज।।
वर्षभर प्रेम रहोस सधै सुखी समाज।
व्यवश्था फेर्ने प्रण गरौ बन्छ राम्रो समाज।।

महिला, पुरुष दुबैको हिंसा नै रोक्नु पर्छ।
दुख सुखमा दुबैले सहयोग गर्नु पर्छ।।
अन्त गरौ पाश्चात संस्कार परिवर्तन खोजौ।
परिवर्तन भित्रबाट मानविय प्रेम खोजौ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal