शनिबार, बैशाख ८, २०८१

प्यूठानमा १२२ जना कोरोनाका सक्रिय सङक्रमित


अनुज पछाई , प्यूठान । प्यूठानमा कारोनाका सक्रिय सङक्रमितको सङख्या १२२ जना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । प्यूठान जिल्लामा अहिलेसम्म ४ हजार ५३९ जनामा कारोना सङक्रमण भएकोमा ४ हजार ३४१ जना रोगमुक्त भैसकेका छन । प्यूठान जिल्ला भित्रमार्फत अहिलेसम्म ७७ जनाको कोरोना कै कारण ज्यान गएको स्वास्थ्य कार्यालय प्यूठानका कारोना फोकल प्रशन पुष्कल श्रेष्ठले बताएका छन ।
अहिले सम्पूर्ण सङक्रमित हरु होम आइसुलेसनमा रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?