शुक्रबार, बैशाख ७, २०८१

यस पटक बालेन,एक पटक बालेन

 

माधव केसी
बालेन-
यिनको यो नाम संग म कम परिचित थिय।सायद म र्यापकाे दुनियाँ संग टाढा हुदाकाे परिणाम हुनुपर्छ ।धेरैले उनलाई Rapper को परिचयले चिन्दा रहेछन् तर उनको परिचय अब यत्तिकैमा सिमित रहेन। आज उनको परिचय बदलिएको छ। जब उनले काठमाडौं महानगरपालीकाको मेयरको रुपमा उठ्ने उद्घोष गरे। त्यो वेला देखि मैले उनको बारेमा बुझ्न थाले। उनको पृष्ठभुमिको बिषयमा बुझ्दा उनी Rapper संगै इन्जिनियर पनि रहेछन्। पेशाले इन्जिनियर कलाले Rapper होलान्।
उनको पृष्ठभूमि बुझिसके पछि मलाई लाग्यो,
– के वालेन उनले भने अनुसार काठमाडौंको मेयर बन्नको लागि लाएक छन् त,
– के काठमाडौंका जनताले मेयर बन्ने बालेनकाे सपनालाई पूरा गर्देलान,
तर सोचे काठमाडौंको भोट कता जान्छ थाहै हुदैन केही गर्छु भनेर आउने लाई जित्ने नजित्ने आफ्नो ठाउँमा छ। सम्मानजनक भोट चाहिँ काठमाडौंले दिएकै छ (जस्ताे रन्जु दर्णना)। त्यसमा बालेन काठमाडौं संङ्ग परिचित।काठमाडौं बासि युवाहरुकामाज निकै लोकप्रिय।आफ्नो नाम फरक पहिचानले बनाई सकेका बालेनलाई किन नदेलान अवश्य दिन्छन।
मैले पहिले नै (माथि) उल्लेख गरिसकेकाे छु सम्मान जनक भाेट, सम्मान जनक भोट त पाउछन् पाउछन् अब वालेनलाई सम्मान जनक भोटले मात्र पुग्दैन। उनलाई काठमाडौंले काम गर्ने अवसर दिनुपर्छ। किनकि उनी काम गर्नको लागि सक्षम छन्। मैले उनका पछिल्ला केही अन्तरवार्ताहरु हेर्दा मलाई लाग्याे उनि सक्षम छन्।उनलाई काठमाडौं बनाउने सपना छ। त्यो भन्दा पनि ठुलो त काठमाडौंलाई कस्तो बनाउने भन्ने स्पष्ट खाका छ। मैले केही दिन अगाडि सामाजिक संजालमा एउटा स्टाटस लेखेको थिय ।स्थानिय चुनावमा पार्टीका घाेषणा पत्र नसुनाै किनकि यस्ता घाेषणा पत्र हामिलाई काम लाग्ने हाेइनन्। यि त काम गर्नका लाई,कार्यन्वयन गर्नका लागी न भै झुक्याउनका लागी तयार गरिएका झुट पत्र हुन।अव बरु कम्तिमा भाेटमाग्न आउने तपाइकाे आफ्नो स्थानिय नेता अध्यक्ष,मेयर लाई साेध्नुस कि तपाईंको ५ बर्षकाे आफ्नो याेजना के हाे? गाउकाे समस्यालाई बुझिकन तपाइले आफ्नो घाेषणा पत्र तयार गर्नु भा छ कि? निर्वाचित भैसके पछि गाउँ,सहरलाई कस्ताे बनाउने साेच्नु भाछ? जस्ता प्रश्न गर्नुस र भन्नुस स्थानिय हाम्रा समस्यालाई मसिनाे गरि केलाएर स्पस्ट रुपमा ५ बर्षमा (आफु) तपाईंले गर्न सक्ने खाका तयार गरेर आउनुस हामी तपाइलाई तपाइकाे (आफ्नो) घाेषणा पत्र,याेजना हेरिकन भाेट दिनेछाै। यि सबै तयारी उनले गरिसकेका रहेछन्।तपाईले प्रश्न साेध्नाेसत सबै कुराकाे सजिलै सरल हिसाबले जवाफ दिन्छन्।। उनले काठमाडौंको समस्या लाई मसिनाे गरि केलाएका छन् ५ बर्षमा आफुले गर्न सक्ने कामको बिषयमा खाका नै तयार गरेका छन्। अझै काठमाडौंलाई आफ्नै मौलिकतामा ढाल्दै छन्।
धर्म,संस्कार,संस्कृति,जगेर्ना गर्दै विकास निर्माणका काम गर्ने सपना छन्। आफ्नो दिमागले यति सुन्दर सपना देखेको ,एउटा साहास गरेर आएकाे तपाईंको भाइ भतिजो छोरालाई काम गर्छु भन्दा काम गर्ने अवसर दिनु भएन भने मान्नुस। तपाईंलाई पछुतो हुनेछ। फेरि तपाईंहरूले तपाईंका हिजाेका,आजका मेयर देख्नु भएकै छ ।अव पार्टी बाट आउने पनि यस्तै हुन,अनि फेरि तेस्तै पात्र किन राेज्नु हुन्छ। पार्टी बाट आउने तपाईंको काम हाेइन पार्टीकाे काम गर्छ। तपाईंका कुरा हाेइन पार्टीका कुरा सुन्छ। उ संग कुनै आफ्ना याेजना हुदैनन् उसले त सपना देखाउने अनि झुक्काउने हाे । त्यसैले म काठमाडौं बासि महानगरपालिका बासि भोटर दाजुभाइ दिदीबहिनी आमाबुबालाई अनुरोध गर्न चाहे।
यसपटक पार्टी नहेर्नु होस् (व्याक्ति छान्नु हाेस)।एउटा सपना बाेकेकाे युवा बालेनलाई भोट दिनुहोस्।यति गर्नु भयाे भने मलाई विश्वास छ उनले तपाईंहरुले दिएको भोट खेर जान दिने छैनन्, तपाईंलाई गर्व गर्ने बनाउने छन्। याे त बालेनकाे मात्र परिक्षण हाेइन तपाईंहरूको पनि बाैद्दिक परिक्षण हाे। फेरि पनि भन्छु यस पटक बालेन,एक पटक बालेन,,,,,,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?