शुक्रबार, चैत्र १६, २०८०

बुढाको नृत्य फाइनलमा पुग्यो भोट गर्न सबैमा आग्रह

अनुज पछाई , प्यूठान । प्यूठानको एक नृत्य समुह नेपालको डान्स च्याम्पिएनको फाइनमा पुग्न सफल भएको छ । नेपालमा सञ्चालन भएको डान्स रियालिटी सो डान्स च्याम्पिएनको फाइन राउण्डमा बिजय बुढामगरको समूह पुग्न सफल भएको हो ।
अब पनि फाइनलबाट उतकृष्ट १ मा पुगनको लागी भोटको आबस्यक्ता रहेको प्रतियोगीतामा सहभागी बिजय बुढामगरले बताएका छन । समूह बुकर्सबाट प्रतियोगीतामा सहभागी भएका बुढाले फेरी पनि सबैलाई भोट गरि जिताउनको लागी अनुरोध समेत गरेका छन ।
बुढाको समूहलाई भोट गरि जिताउनको लागी मोबाइलको म्यासेज बक्स भई अङग्रजी अक्षेर डिसिएन लेखि एउटा खाली ठाउँ छाडेर ३३००१ मा पठाउन सकिने छ ।
भोट यहि फागुन २० गते शुक्रबार राती ११ बजेदेखि फागुन २४ गतेसम्म गर्न सकिने प्रतिसप्रर्धिी बुढाले जानकारी दिएका छन । प्रतिसप्रर्धी बुढाले सबै प्यूठानी तथा नेपाली दाजुभाई दिदिबहिनीलाई सक्बोधन गर्दै भनेका छन –“तपाईको मायाले फाइनलमा पर्न सफल भएको छु । अब एक पटक भोट गरेर बिजय गराइदिनुस । म नेपालको नृत्यलाई देश बिदेशमा पुर्याउने छु । ”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal