शनिबार, साउन १२, २०८१

बमबहादुर कार्कीको गरे अर्को लोक-दोहोरी संस्थाको दर्ता

काठमाडौं । वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको छ ।

कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति पनि प्रशासनमा दर्ता भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, खड्ग बुढा, शिव आले र केशरी घर्ती छन् । यो तदर्थ समितिको बैठकले भदौभित्र अधिवेशन बोलाउने भएको छ ।

उपाध्यक्ष खत्रीले संस्था दर्ता प्रक्रिया समाप्त भएको बताए । ‘दर्ता प्रक्रिया सिद्धियो । अब हामी लोकदोहोरीका सबै विधालाई समेटेर वृहत रुपमा अघि बढ्ने तयारीमा छौं,’ खत्रीले  भने, ‘विदेश र काठमाडौं तथा ७७ जिल्लामै शाखा स्थापना हुनेछ । हामी यसका लागि विचार विमर्श गरिरहेका छौं ।’ अन्लाईन खबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?