आइतवार, अशोज ९, २०७९

नव गायिका सरस्वती ल्याइन “छानो खरको”

 

केशर सुनार ,प्यूठान । प्यूठानकी एक गायिकाले आफ्नो गीत सार्बजनिक गरेकी छिन । लोकप्रिय गायक राजकुमार बानियाँको ’ छानो खरको ’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रेमी पेमीकाको भाव प्रकट भएको उक्त गितमा राजकुमार बानिया को शब्द रहेको छ भने सङ्गीत मन्जित पहाडीको रहेको छ ।
गीतमा चर्चित गायक राजकुमार बानिया र प्यूठानकी सरस्वती केसीको सुमधुर स्वर रहेको छ । यो केसीको पहिलो एल्बम रहेको छ । प्यूठानको स्वर्गद्धारी नगरपालिका – २ जोगिमाराका जन्मिनुभएकी केसी सानैदेखि गीत गाउन रुची राख्ने गरेको उनले बताएकी छिन । कक्षा १२ पछि आर्थिक अभाव को कारण पढाइ छोड्न बाध्य भएको पनि गायिका केसीले बताएकी छिन । अहिले गायिका केसी गाउँमै सिलाई– कटाई सिकी टेलर सञ्चालन गरेकी छिन । कपडा सिलाएको पैसा जम्मा गरेर उक्त गीत रेकर्ड गरेकोे गायिका केसीले सनाएकी छिन । भिडियोमा पछिल्लो समयका चर्चित गायक तथा मोडल अर्जुन सापकोटा , आयुष्मा सिंखडा,विक्रम नेपाली र आशा भारतीको अभिनय रहेको छ ।
भिडियोमा अमर सुनार को छायांकन र निसान बानियाँको निर्देशन रहेको छ त्यस्तै नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।
उक्त गीत सार्बजनिक भएको केहि दिनमै ६१ हजार बढी दर्शकले हेरिसकेका छन । ’ खरको छानो ’ गीत पानस फिल्मस् च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?