आइतवार, अशोज ९, २०७९

डान्स च्याम्पिएनको फष्ट रनर अफ बने प्यूठानका बुढा

 

अनुज पछाई , प्यूठान । मेगा डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’ को पहिलो सिजन शुक्रबार राति सकिएको छ । प्यूठानबाट सहभागी भएका बिजय बुढामगर को समूह बकजर्ले फष्ट रनर अप को उपाधि हात पार्न सफल भएको छ । बकर्जमा विजय बुढा मगर, सुजन लिम्बु र जिम्मी बलामी रहेका छन् । बकर्जका सुजन लिम्बु मकवानपुरको मनहरी घर भई हाल काठमाडौमा बस्छन् । जिम्मी काठमाडौँ थानकोट निवासी हुन् भने बिजय प्युठान निवासी हुन् । उपबिजेता भए संगै बिजय बुढामगरको समूह बकर्जले नगद रु ५ लाख सहित अन्य थुपै्र आकर्षण पुरस्कारहरु प्राप्त गरेको छ ।
उपाधि सुबर्सिका टिमले जितेको छ । फाईनलमा पुगेका अन्य ३ समूहलाई पछि पार्दै सुबर्सिका टिमले जित हासिल गरेको हो । उपाधि जितेसँगै सुबर्सिका टिमले नगद पुरस्कार २० लाख सहित शिल्ड लगायतका विभिन्न पुरस्कारहरु प्राप्त गरेको छ । सुबर्सिका टिममा ईटहरीका वर्षा फुयाँल र रोसिका राउतसँगै कैलालीकी सुनिता पोख्रेल रहेकी छिन् ।
त्यस्तै सेकेण्ड रनर अप रुपन्देही बुटवलका मनिश नेपाली र हिमाल सुनार भएका छन् ।
शोको थर्ड रनर अप भने डिओडी गोर्खाजका सञ्जय विश्वकर्मा, रोहन राना मगर र बिपिन कुमाल भएका छन् । सञ्जय र रोहन बटौली निवासी हुन् । सञ्जय बटौली–६ सुन्दर नगर पूरानो बसपार्क निवासी र रोहन बटौली १० रामनगर निवासी हुन् । त्यस्तै बिपिन कास्कीको पोल्याङ निवासी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?