बिहिबार, असार १६, २०७९

जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमर थापा चयन

बागलुङ । जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा सर्वसम्म चयन हुनुभएको छ । बिहीबार जिससमा गठबन्धनका उम्मेदवारहरु सर्वसम्मत भएका हुन् ।

नौ सदस्यीय जिससको उपप्रमुखमा एकृकीत समाजवादीका होमनाथ शर्मा चयन हुनुभएको छ । महिला सदस्यमा नेपाली कांग्रेसकी हरिकला पौडेल, एकीकृत समाजवादीका जसोधा शर्मा र राजमोका धनकुमारी खत्री चयन हुनुभएको छ ।

यस्तै, अल्पसंख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसकी कौशीला विक, खुल्ला सदस्यतर्फ माओवादी केन्द्रका हर्क बहादुर पाण्डे, कांग्रेसका टेक बहादुर अर्गेजा र पदम बहादुर क्षेत्री निर्वाचित हुनुभएको छ ।

पाँच दलीय गठबन्धनमा रहेका दलहरुले स्थानीय निर्वाचन अघि नै जिल्ला समन्वय समितिमा समेत भागबण्डा टुंग्याएका थिए । एउटा स्थान जितेको नेकपा (एमाले) ले उम्मेदवारी नदिएपछि गठबन्धनका उम्मेदवारहरु सर्वसम्मत भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?