बिहिबार, असार १६, २०७९

राष्ट्रिय जनमोर्चा गौमुखिको भेला तथा चुनावी समिक्षा कार्यक्रम सम्पन्न

 

जुमान सिंह के सी
जेष्ठ २८ ठुलाबेसी प्युठान

राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकाको कार्यकर्ता भेला तथा समिक्षा कार्यक्रम शनिबार ठुलाबेसीमा सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा गौमुखि गाउँपालिका संगठनको आयोजनामा भेलाको आयोजना गरिएको छ।
हालै सम्पन्न स्थानीय तहको चुनावको समिक्षा तथा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमोका लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेलले सबै थोक चुनाव नभएको भन्दै हारजित स्वाभाविक प्रक्रिया भएको बताउनु भएको छ।

सहि राजनीति र सहि उम्मेद्बारले मात्र जनताको दुखसुखमा साथ दिने बताउनु भयो उहाँले भन्नू भयो चुनावको बेला पैसा तथा अन्य सामाग्री वितरण र झुठो आश्वासन बाडेर चुनाव जित्दैमा असल जनप्रतिनिधि हुन नसक्ने बताउनु भयोl उहाँ ले जनताको बिचमा सधै लाग्न समेत कार्यकर्तालाई आग्रह गर्नु भएको छ।

नेकपा मसालका जिल्ला प्रवक्ता तथा गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञामुराम न्यौपानेले भोट दियर सहयोग गर्ने सबै मतदाता, पार्टीका कार्यकर्ता, सुभचिन्तक सबैलाई धन्यवाद व्यक्त गर्दै निर्वाचित हुन नसकेपनि जनताका काममा निरन्तर लाग्ने बताउनु भएको थियो। उहाँले आफ्नो हारजित भन्दापनि गौमुखी बासिले हारेको उल्लेख गर्नु भएको थियो।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले अघिल्लो चुनावको तुलनामा पार्टी झन बलियो भएको भन्दै संगठन कमजोर भएको वार्ड तथा बस्तीमा संगठन बिस्तार गर्नु पर्नेमा सुझाव दिएका थिए।
गौमुखी गाउँपालिकामा २०७४ को स्थानीय चुनावमा २ जना सदस्य निर्वाचित भएकोमा यस पटक ५ न वार्डमा अध्यक्ष सहित प्यानल र वाड न ४ पुजामा २ जना सदस्य निर्वाचित भएका छ्न।साथै कार्यक्रमको अवसरमा नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो।
शनिबार सम्पन्न भेलाले जनक के सीको अध्यक्षतामा १७ पुर्ण र ३ बैकल्पिक सदस्य राजमोको पालिका स्तरीय समिति समेत गठन भएको छ।जसको उपाध्यक्ष चन्द्र के एम सचीव कृष्ण प्रसाद जैसी, सहसचीव हुकुम ब थापा कोषध्यक्ष सुकमाया बि क रहनु भएको छ।
सदस्यहरुमा जोगिन्द्र बि क, कर्ण ब कुवर , मिनाराम आचर्य, मीन ब बिस्ट, बल ब बिस्ट, दिपक बि क, साबित्रा टोमटा, तारा पुरी,ज्ञान ब बिक, हरि प्रसाद न्यौपानेॐलाल बोहरा रहनु भएको छ। बैकल्पिक सदस्यमा रिता बिक,लक्षमण क क र मिना बिक रहनु भएको राजमो गौमुखिले बताएको छ।
कार्यक्रममा पार्टीका विभिन्न जनवर्गीय संघसंगठनका प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो।
भेलाको संचालन वीर ब के सी र अध्यक्ष जनक के सी ले गर्नु भएको कार्यक्रममा स्वागत तथा उदेश्य बारेमा भरत के सीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?