शुक्रबार, चैत्र १६, २०८०

जेठ ३१ गते अखिल (छैठौं)का महासचिव जिसी भूमिकास्थानको ढाकावाङ्ग आउदै

अर्घाखाँची । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं)को आयोजनामा भूमिकास्थानकाे ढाकावाङ्गमा बृहत साँस्कृतिक सभा हुने भएको छ।

अखिल (छैठौं) विश्व मावि मुल इकाई समिति ढाकावाङ्गकाे आयोजनामा जेठ ३१ गते मंगलबार जेठे (भुमे) पुर्णिामाकाे अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यक्रम आयोजना गर्ने अखिल (छैठौं) ले जनाएको छ।

अखिल (छैठौं)का केन्दिय महासचिव सुवास जिसीले सम्बाेधन गर्ने कार्यक्रममा

राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिका अर्घाखाँचीका नगरप्रमुख (मेयर) झविलाल थापा, केन्द्रीय सदस्य सागर केसी, लुम्बिनी प्रदेश समिति सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसी लगायतका नेताहरुकाे समेत सम्बाेधन रहने कार्यक्रममा

रक्तिम साँस्कृतिक अभियान जापानका केन्द्रीय सहसचिव नवीन बस्याल र रक्तिम साँस्कृतिक अभियान अभियानका केन्द्रीय एवम् जिल्ला स्तरीय कलाकारहरु बाट बेजोड साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal