बिहिबार, असार १६, २०७९

अपांगतामैत्री भौतिक संरचना निर्माण नहुदा अपाङ्गता भएका ब्यक्तिलाई समस्या

बिमला पौडेल
प्युठान ७ असार
जिल्लाका सरोकारवाला निकायले अपांगतामैत्री भौतिक संरचना निर्माणका लागि नीतिमै व्यवस्था गर्नुपर्ने बताएका छन् । संघ, प्रदेश र स्थानीय तहले नीतिमै अपांगमैत्री भौतिक संरचना बनाउन व्यवस्था गरेमा सहज हुने उनीहरुको भनाई छ ।
राष्ट्रिय अपांग सेवा संघ प्यूठानले गरेको अपांगतामैत्री भौतिक संरचना निर्माण विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीले अपांगताको दृष्टिकोणबाट पूर्वाधार बनाउनुपर्ने सुझाव दिएका छन् ।

भौतिक संरचना अपांग मैत्री निर्माण गर्न निर्देशिका बने पनि कार्यनयन नहुदा अपाङ्गता भए का ब्यक्तिहरुलाई सेवा सुबिधा तथा दैनिकी क्रियाकलापमा समस्या भएको बताएका छ्न।
छलफलमा अहिले बनेका भौतिक सरंचनाले अपांगता भएका व्यक्तिलाई सेवा लिन समस्या भएको भन्दै अव बन्ने संरचनामा ध्यान दिनुपर्ने सहभागीले बताएका छन् ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले अपांगता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि आफूले कार्यालयहरुसँग सहजीकरण गर्ने बताउनुभएको छ । उहाँले यस विषयमा सवै गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख दुर्गा रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनी, मल्लरानी गाउँपालिकाका निर्वतमान उपाध्यक्ष सरिता जिसी, सडक पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख इन्जिनियर चन्द्र शाह, प्यूठान क्याम्पस प्रमुख कल्पना खड्का लगायत सरोकारवाला निकाय, अपांगता भएका व्यक्तिको सहभागीता थियो ।

कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सञ्चालित सिविआर(समुदायमा आधारिता पुर्नस्थनापना) कार्यक्रम अन्तरगत अन्तरकृया कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष जुमान सिंह के सी ले जानकारी दिनु भयो। कार्यक्रमको सञ्चालन सिविआर कार्यक्रम समन्वयकर्ता एवं संघका सदस्य राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?