
जुमान सिह केसी, प्यूठान
असार ८ । मल्लरानी गाउँपालिकाले माध्यामिक तह कक्षा १० सम्मको शिक्षा निशूल्क गर्ने निति तथा कार्यक्रममा समाबेश गरेको छ । आर्थिक वर्ष २०७९।०८० को निति कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खडकाले निति तथा कार्यक्रम प्रस्तुत गदै माध्यामिक तह सम्मको शिक्षा निशुल्क गर्ने बताउनु भएको छ ।
यस्तै बिद्यालयमा प्रदान गरीदै आएको शैक्षिक सहायता गाउँपालिका अनुदान शिक्षक, बाल बिकास शिक्षक, बिद्यालयमा लेखा संग काम गर्ने कर्मचारी, पुस्तकालय सहजकर्ताको प्रोत्साहन रकममा बृद्धि गर्ने निति तथा कार्यक्रम समाबेश भएको जानकारी दिनुभएको थियो ।
गाउँपालिका भित्रका महिला शिक्षक सुत्केरी भएमा सुत्केरी भत्ताको व्यवस्था गर्ने, बिद्यालयलाई अनुगमन निरीक्षण गरी नतिजा उन्मुख शिक्षा कृयाकलाप संचालन गर्ने निति तथा कार्यक्रममा समाबेश गरीएको छ ।
प्रविधिमैत्री बिद्यालय बनाउन, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बिद्यालय व्यवस्थापन समितिका छोरा छोरीहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गराउन अभिप्रेरेरित गराउने कार्यक्रममा समाबेश भएको छ ।