
जुमान सिंह के सी
प्युठान ८ असार
मल्लरानी गाउँपालिकाको आर्थिक बर्ष ७९।८० को निति तथा कार्यक्रम बुधबार खलंगामा एक कार्यक्रमका बिच प्रस्तुत गरीएको छ । जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको कार्यक्रममा मल्लरानि गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले निति तथा कार्यक्रम पेश गर्नु भएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिती प्युठानका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि धरम बहादुर जि सी ले समग्र मल्लरानिको बिकासका लागि निति तथा कार्यक्रम सकारात्मक भएको बताउनु भएको छ।उहाँले निति तथा कार्यक्रम मेहेनतका साथ राम्रो आएको भन्दै कार्यान्वयनमा ध्यान दिन समेत सुझाव दिनु भएको छ।
शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार बिकास, लैङ्गिक समानता, समाबेशीकरण, सिचाई, उर्जा, संचार, व्यवस्थित शहरीकरण, बनवातावरण, जलाधार, फोहोरमैला व्यवस्थापन, सूचना प्रबिधि, राजश्व, भूमिहिन सुकुम्बासी पहिचान, उद्यमशिल बिकास लगायतका शिर्षकमा समेटीएको छ ।
निति तथा कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिको लागि सिबि आर कार्यक्रम संचालन गर्ने, सबै भौतिक संरचना अपाङ्गता मैत्री निर्माणका लागि जोड दिने जस्ता कार्यक्रम समेटिएको छ।
महिला, बालबालिका, दलित, आदिवासी जनजाति तथा जेष्ठ नागरिकको हक अधिकार र उत्थानका कार्यक्रम संचालन गर्ने समेत नीति तथा कार्यक्रममा समाबेश गरिएको छ।
प्रस्तुत निति तथा कार्यक्रममा बोल्ने वक्ताहरुले केही सुझाव सहित निति तथा कार्यक्रम निकै राम्रो र सबै बर्ग, क्षत्रलाई समेटियर आएको भन्दै कार्यनयनमा ध्यान दिन अनुरोध गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्यूठानका निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले स्थानीय स्तरका आबस्यकता पुरा हुने खालका निति तथा कार्यक्रम रहेको भन्दै सफल कार्यान्वयमा जोड दिनुपर्ने बताउनु भएको थियो ।
सबैका सल्लाह सुझाव अनुसार गाउँपालिका अगाडी बढ्ने मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले बताउनु भएको छ ।
कार्यक्रममा मल्लरानी गाउँपालिका नि. अध्यक्ष अमरध्व्ज रानामगर, राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष डोर प्रसाद पोख्रेल, नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य बुद्ध बहादुर जिसी, नेपाली काग्रेसका मल्लरानी गाउँपालिका सचिव नविन प्रकाश श्रेष्ठ, नेकपा माओबादी केन्द्रका गाउँपालिका अध्यक्ष टिएस गुरुङ्ग, पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजाल लगायतले निति तथा कार्यक्रममा बालेका थिए । कृष्ण बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले गर्नुभएको थियो ।