बिहिबार, बैशाख ६, २०८१

अपाङ्गता भएका ब्यक्तिलाई प्युठानमा साहायक सामग्री वितरण

असार ११ प्युठान
बिमला पौडेल
अपाङ्गता सशक्तीकरण केन्द्र (डेक नेपाल) बाकेको सहयोग तथा रास्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको समन्वयमा शनिबार एक कार्यक्रमका बिच अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ।
प्युठान जिल्लाका विभिन्न गाउँका साहाएक सामग्री तत्काल आवस्यक पर्ने ब्यक्तिहरुलाई सम्पर्क गरि सामग्री बितरण गरिएको र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह के सीले बताउनु भयो।
प्युठान नगरपालिका ३ स्थित सापडाडा स्वास्थ्य चौकि जुम्रीको प्राङ्गणमा एक कार्यक्रमका बिच सामग्री बितरण गरिएको छ।
बितरण कार्यक्रममा प्युठाननगर पालिकाका नगर प्रवक्ता तथा वार्ड न ३ का अध्यक्ष सुमन श्रेष्ठको विशेष उपस्थितिमा सामग्री बितरण गरिएको छ।
कार्यक्रममा श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्रीको सहएताले दैनिक जिवनमा सहज्ता आउने बिश्वास बव्यक्त गर्नु भयो उहाँले अपाङ्गता भएका ब्यक्तिलाई आवस्यक पर्ने सामग्रीहरु सहजरुपमा उपलब्ध गराउनमा सबैको ध्यान जान पर्ने बताउनु भयो, सथै उहाले डेक नेपाल बाके र रास्ट्रिय अपाङ्ग सेवा संघ प्युठानलाई बिशेष आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो।
सामाग्री वितरण कार्यक्रमबाट ४ जनालाई हुइलचियर, ४ जनालाई सेतो छ्डी, २ जनालाई श्रवणयन्त्र र १० जनालाई बैशिखी गरि जम्मा २० जनालाई प्रदान गरिएको र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह के सीले बताउनु भयो।
डेक नेपालका प्राविधिक तथा फिजियोथेरापिस्ट प्रकाश चौधरीले सहायक सामग्रीको प्रयोग गर्ने तरिका र त्यसको महत्त्व बारेमा सबैलाई जानकारी गराउनु भएको थियो।
कार्यक्रमको अध्यक्षता सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह के सी ले गर्नु भएको थियो भने संचालन राजेन्द्र राउत क्षत्रिले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?