सोमवार, साउन २३, २०७९

राजमाेले मात्रै देश र समाजको अस्तित्व बचाउन सक्छ:सांसद जिसी

बुटवल असार १२ गते।
राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश सांसद मा.तारा जिसीले आ.व.०७९-८०काे विनियोजित बजेटकाे मन्त्रालयगत छलफलमा भाग लिदै प्रदेशबाट माग सम्वाेधन नगरेर,स्थानीयतहमा घात गरेर देशबाट राजमाे समाप्त हाेस भन्ने प्रपंच गरेको हाेकि?भन्ने शंका लागेकाे बताउनु भएको छ।
जति धेरै संख्या र ठूला पार्टी भए पनि पावर हातमा हुदाँ देशकाे हितमा र समाजको हितमा यहि ग-याै भन्ने एउटा उदाहरण पनि नभएको बताउदै राजमाे नेतृ जिसीले जनताले पटकपटक सत्तामा पुराउने कतै केहिमा सुधार सम्म गर्नुहुन्न भने याे देशमा तपाईहरूकाे विचार भए पनि नभए पनि केहि फरक पर्दैन ।भ्रष्टाचार,कुशासन समाप्त गर्न प्रयास गर्ने,पटकपटक देशहित बिरूद्द गरिने राष्ट्रघात राेक्ने प्रयास गर्ने ,राष्ट्र र राष्ट्रियताकाे पक्षमा सधै आवाज बुलन्द गर्ने र देश र जनताकाे हित सधै केन्द्रमा राख्ने राजमाेलाई समाप्त गर्न किन आवश्यक ठान्नुभयाे?माग संम्वाेधन नगरेर वा सरापेर कसैको अस्तित्व समाप्त हुदैन राजमाे र यसको विचार देशमा हुनैपर्छ,तब मात्रै देश र समाजकाे अस्तित्व बच्न सक्ने ठाेकुवा गर्नुभयो।

बजेट प्रयाप्त छैन र माग सम्वाेधन गर्न सकेनौं भन्ने मन्त्रीहरूकाे जवाफमा असन्तुष्टि जनाउदै सांसद जिसीले संघीयता जस्तो महंगो व्यवस्था राेजेर देशलाई टाट पल्टाउने र कार्यकर्ता व्यवस्थापनमा राज्यको धुकुटी दूरूपयाेग गर्ने तपाईहरू कसैले पनि रकम अभाव भएको कुरा गर्न नमिल्ने बताउनुभयो ।
देशलाइ टाट पल्टाए पछि यिनै हुन टाट पल्टाउने भन्दै श्रीलंकाका जनताले पुराना नेता समेतलाई घर घरबाट निकाल्दै धाेवीचुटाई गर्न थालेका छन् । त्याे दिन नेपालमा पनि आउदैन भन्न सकिदैन?सबैलाई हेक्का राख्न चेतावनी समेत दिनुभयो।
हामी सदनमा घाँटी सुक्ने गरि चिच्याउने मन्त्रीज्यूहरूले आफ्नाे सुविधा अनुसारको जवाफ दिने,हामी याे सम्मानित सदनमा बाेलेकाे केही अर्थ देखिएन भन्दै नेतृ जिसीले याे निर्वाचित सदनको अपमान गरेकाे हाे भन्नुभयो।
आज छलफलका विषयगत मन्त्रालयले पनि हाम्रा माग सम्वाेधन नगर्ने सल्लाह गरे झै देखिन्छ।
शहरी मन्त्री ज्यूले रकम अभाव छ मेरा याेजना परेनन् किन भन्ने?यस्तो आसयकाे जवाफ दिनुभयो,सानाठूला गरि झण्डै १ लाख खापा याेजना सामेल छन् ।हाम्रा मात्रै किन अटाएनन्? भन्नेकाे जवाफ त्यहीँ हाे?
भाैतिक मन्त्री ज्यूले प्यूठानका अर्थबाट हामीले घुडाँ रगडेर हाम्रो हिस्साबाट छुट्टाएकाे ५ वटा सडकपुलकाे १०-१० लाख रकम किन फ्रिज गराउनुभयाे?अहिले छुट्टाएकाे १-१ लाखले के काम हुन्छ जवाफ खै?याे तेल दिदा नखाने काेल चाट्ने? प्रवृत्ति हाे भन्दै प्रदेश सांसद जिसीले
मुख्मन्त्री ज्यूकाे निर्देशनमा यश प्रकारकाे तल्लो दर्जाको भेदभाव गरिएको छ कि?मन्त्रीहरूकाे मनमानी हाे? सरकार प्रमुखले नै जवाफ दिनुपर्ने माग गर्नुभयो। बजेट माथीकाे मन्त्रालयगत छलफल भाेली पनि जारी रहने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal