
हङकङ । हङकङ नेपाली एकता समाजको अध्यक्षमा शक्तमान बुढाथोकी चयन हुनुभएको छ । हालै सम्पन्न समाजको दोस्रो राष्ट्रिय भेलाले बुढाथोकीको अध्यक्षतामा समाजको पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षमा यमनारायण सापकोटा, महासचिवमा अमृत राना, सचिव तिल कुमारी श्रीष र कोषाध्यक्षमा गंगा थापा रहनुभएको छ ।
सदस्यहरुमा जसिन्ता राना, निरा थापा, प्रेम कुँवर, मिना पुन, गिता सुनार, सूर्य थापा, हिमाल बुदाथोकी र विश्व थापा हुनुहुन्छ ।
त्यस्तै गरी सल्लाहकारमा बालान्द्र घिमिरे, तिल बहादुर कार्की, ज्ञामुराम आचार्य, धन बहादुर घर्ती, शेर बहादुर पुन, इन्द्र बहादुर थापा र उमा थापा चयन हुनुभएको छ ।