
जुमान सिंह के सी
प्युठान १३ असार,
मल्लरानी गाउँपालिका खलंगा प्युठानको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम गाउँसभाले पास गरेको छ । ४१ करोड २४ लाख ६८ हजार ६ सय ४ रुपियाँ बराबरको बजेट आज सोमबार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा बसेको गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत पारित गरेको हो।
गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोरमैला व्यवस्थापन, शुसासन प्रर्वद्धन, पोषणमैत्री कार्यक्रम, जेष्ठ नागरिकलाई घरदैलोमा नि:शुल्क सेवा, लैंगिक समानाता तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरुलाई प्राथमिकता दिएको प्रवक्ता लेख बहादुर थापाले बिग्यप्ती मार्फत जानकारी दिनुभएको छ।
गाउँसभाले बजेट, मल्लरानी गाउँपालिकाको आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९, मध्यमकालिन खर्च संरचनाको अनुगमन समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को योजना जाँचपास तथा फरफारक समितिको प्रतिवेदन र न्यायिक समितिको वार्षिक प्रतिवेदनमा दफावार छलफल गरि पारित गरेको प्रवक्ता थापाले बताउनुभयो ।
गाउँसभाले पास गरेका नीति, कार्यक्रम तथा बजेटक पालिकाको वेभसाईटमा राखिने मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनु भएको छ।