शुक्रबार, बैशाख ७, २०८१

अपांगतामैत्री भौतिक संरचनामात्र होइन सोच पनि मैत्रीपुर्ण हुनु पर्छ: नगर प्रमुख योगि

बिमला पौडेल
प्युठान १३ असार
सरोकारवाला निकायले अपांगतामैत्री भौतिक संरचना निर्माणका लागि नीतिमै व्यवस्था गर्नुपर्ने बताएका छन् । संघ, प्रदेश र स्थानीय तहले नीतिमै अपांगमैत्री भौतिक संरचना बनाउन व्यवस्था गरेमा सहज हुने उनीहरुको भनाई छ ।
राष्ट्रिय अपांग सेवा संघ प्यूठानले गरेको अपांगतामैत्री भौतिक संरचना निर्माण विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीले अपांगताको दृष्टिकोणबाट पूर्वाधार बनाउनुपर्ने सुझाव दिएका छन् ।

भौतिक संरचना अपांग मैत्री निर्माण गर्न निर्देशिका बने पनि कार्यनयन नहुदा अपाङ्गता भए का ब्यक्तिहरुलाई सेवा सुबिधा तथा दैनिकी क्रियाकलापमा समस्या भएको बताएका छ्न।
छलफलमा अहिले बनेका भौतिक सरंचनाले अपांगता भएका व्यक्तिलाई सेवा लिन समस्या भएको भन्दै अव बन्ने संरचनामा ध्यान दिनुपर्ने सहभागीले बताएका छन्।

प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले अपांगता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि आफूले नगर पालिकामा पहल तथा सहजीकरण गर्ने बताउनुभएको छ । उहाँले संरचना मात्रै होइन हाम्रो सोचपनि अपाङ्गता मैत्री हुनुपर्ने बताउनु बताउनुभयो। अपाङ्गता भएका ब्यक्तिको हित र बिकासका लागि आफू र नगरपालिका सकारात्मक रहेको बताउनु भएको छ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले नगरपालिकाको भवन पुर्ण रुपमा अपाङ्गता मैत्री नभए पनि हेल्पडेस्कको तत्काल ब्यबस्थापन गरि अपाङ्गता भएका ब्यक्तिको सेवालाई सहजता बनाउने प्रतिबद्धता जनाउनु भएको थियो।
स्वास्थ कार्यालय प्रमुख मधुसूदन खड्का,पत्रकार महासंघका पुर्ब अध्यक्ष गिरु प्रसद भन्डारी, नगारिक सन्जालका सुमन सुबेदी, पत्रकार लोकेन्द्र सुनार, गैरसरकारी सस्था मगासंघका सहसचिव राधिका पन्थी लगाएतले बोल्नु भएको थियो।
बोल्ने वक्ताहरुले अपाङ्गता भएका ब्यक्तिको सहज र पहुँचमा ल्याउनको लागि सबैको सहयोग हुनुपर्ने बताउनु भएको थियो। निति, कानुन बनेको भए पनि ब्यबहारिक कार्यनयन हुन नसक्दा समस्या भोग्न परेको अपाङ्गता भएका ब्यक्तिले गुनासो गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष जुमान सिंह के सीले कार्यपत्र समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा भिभिन्न सरोकारवाला निकायको सहभागीता रहेको थियो।

कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सञ्चालित सिविआर(समुदायमा आधारिता पुर्नस्थनापना) कार्यक्रम अन्तरगत अन्तरकृया कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष जुमान सिंह के सी ले जानकारी दिनु भयो। कार्यक्रमको सञ्चालन सिविआर कार्यक्रम समन्वयकर्ता एवं संघका सदस्य राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?