
बुटवल असार १४ गते ।
लुम्बिनी प्रदेशको आ.व. २०७९-८०काे विनियाेजित बजेटकाे मन्त्रालयगत छलफलमा भाग लिदै राष्ट्रिय जनमाेर्चाका प्रदेश सांसद मा.तारा जिसीले आर्थिक मामिला तथा सहकारी मन्त्रालयले मन्त्री ज्यू कै पालिकाकाे महिला कृषि सहकारीलाई पटकपटक माग गर्दा पनि उचित सम्वाेधन नगरी महिलाहरूकाे सामाजिक कार्यलाई महत्त्व नदिएको बताउनुभयो ।
अर्को एउटा कृषि सहकारीकाे लागि माग राखेकाे थिए,त्यहा काे काे कार्यकर्ता छन् नाम कस्काे आउछ बुझ्न पाउनु भएनहाेला त्यही भएर सम्वाेधन गर्नुभएन।प्यूठानको अर्थमन्त्री धेरै याेजना लानुभयाे भन्ने माननीय ज्यूहरूले यस्ताे सम्म पूर्वाग्रह कहि देख्नुभएकाे थिएन हाेला।
वहाँ हामी सबैको अभिभावक हाे,प्रदेशवासी जनताकाे अभिभावक हाे,वहाँले विभाजन गर्ने रकम पनि जनताको खुन पसिनाकाे हाे। तर वहाँकाे कामगर्ने तरिका सिमित घेरा भन्दा माथि उठ्न नसक्नु दु:खकाे कुरा हाे भन्नुभयो ।।
वहाँ ले सयौं याेजना पूर्व सुचना सहित कार्यकर्तालाई बाड्नुहुन्छ । धेरै भए अरूले पढ्दा शर्म हुन्छ भनेर हाे वा अरू के कारण हाे केही याेजनामा मेरा याेजना भनेर लेवल लगाइदिनुहुन्छ ।याे पटकपटक देखिएकाे छ,न मैले मागेकाे,न जानकारी,न पार्टीको माग छ,मैले वहाँकाे याे रहस्यमय तरिका बुझ्नै सकिन।
क्रंमागतका सडकहरू हाम्राे मागमा जुन गत चार बर्षबाट चलेका थिए अहिले छानेर त्यसैमा कैंची चलाएकाे बताउदै राजमाे नेतृ जिसीले ती सडक अलपत्र परेकाे, त्यहाँका जनताले याे आ.व.मा सम्पन्न हुनेगरि काम हुने आशा गरेका थिए,याे भुल्नै नसक्ने पीडा आफ्नै जिल्लाका मन्त्रीले त्यहाका जनतालाई दिएकाे बताउनु भयो । हज्जारौं याेजना कार्यकर्ताकाे मागमा टाेल-टाेलमा दिने हामी माननीयहरूले राखेका क्रमागत याेजना काट्ने र भएकामा रकम कम दिने याे भन्दा ठूलाे वेइमानी केहि हुन सक्दैन ।
बजेट बनाउने वेला राताे किताबका सिरियल नं सहित कम्युटरमा चढाउदै गरेका याेजना गाउँ गाउँमा टाेले नेता कहा पठाएर माननीयलाई जानकारी नहुदै,राताे किताब प्रकाशन नहुदै सुचना लिक भएको इतिहास मै शायद पहिलो भएको उल्लेख गर्दै सांसद जिसीले यस्ता नयाँ नयाँ तरिकाका आविश्कारक हाम्रा अर्थमन्त्री ज्यू अर्थ भन्दा नाशाकाे वैज्ञानिक भएको भए धेरै चिजकाे आविश्कार गर्न सक्ने दावा समेत गर्नुभयो ।।
देशमा भ्रष्ट नेताहरूकाे साथ साथ कर्मचारीतन्त्र पनि भ्रष्ट भएकोले देश टाट पल्टिदै गएको जगजाहेर भएको बताउदै जिसीले अर्थमन्त्रीकाे जिल्ला अरूभन्दा केही पारदर्शी कर्मचारीहरू भए, ल्याए वा पठाए के विग्रन्थ्याे?प्रश्न गर्दै
जिल्लामा भ्रष्ट,कमिशनखाेर कर्मचारीहरूकाे विगविगी छ,किन यस्ताे भएको छ?जवाफ मन्त्री ज्यूले दिनुपर्ने बताउनु भयो ।
शशर्तका २,३ वटा याेजना याे बजेटमा मन्त्री ज्यूले माग्नुभयाे, घैंटा पिधमा घाम लागेछन् कि जस्ताे लाग्याे। मैले प्राथमिकताकाे आधारमा राखेकी थिए राख्ने वेलामा आफुले जितेका वार्डका छानेर पुछार तिरबाट आफ्नाे सुविधा अनुसारका पाे राख्नुभएछ। केही अतिमहत्वपूर्ण छुटे,तैपनि यति सम्म भए पनि राम्रो काम गरेकोमा राजमाे सांसद जिसीले अर्थमन्त्री ज्यूलाई धन्यवाद दिनुभयो।