बिहिबार, भदौ २६, २०८२

शिसिरको ज्यान बचाउने दुई बालकलाई पुरुस्कार तथा सम्मान गरिदै।

प्युठान २५, असार
जुमान सिंह के सी
गौमुखी गाउँपालिकाको ठुलाबेसीका दस वर्शिय शिशिर के सीलाई खोलाले बगाउदै गर्दा उद्धर गरि बचाउने गौमुखी गाउँपालिका ४ पुजा जाडागाउँका दुई जना बालाकलाई चौतर्फी सहयोग तथा सम्मान तथा पुरुस्कार भैरहेको छ।
गौमुखी मा.वी. ठूलाबेसीमा कक्षा १० मा अध्ययन गर्ने चन्द्र बहादुर सुनार र कक्षा ९ मा अध्ययन गर्ने सुशील सुनारले आफ्नो ज्यानको बाजी थापेर खोलाले बगाई रहेकाे बालकको सकुशल उद्धार गरेका हुन।
ठुलाबेसीका १० बर्षका सिसिर के सी लाई ठुलाबेसीबाट झिमारुक खोलाले बगाउदै गरेको दृश्य देखे पछि सुनार दाजुभाइले करिब छसय मीटर टाढा सम्म खोलाको भेलमा ज्यान फालेर दौडदै सकुसल उद्धार गरेका हुन्।
उनीहरूले खोलाले बगाएको बालकको पानीले ढाडिएको पेटको तत्काल प्राथमिक उपचार समेत गरेको चन्द्र बहादुर सुनारले बताए ।
विद्यार्थी चन्द्र बहादुर सुनार र सुशील सुनारले गरेकाे यो अनुकरणीय उद्धारको चौतर्फी सम्मान तथा सहयोग भैरहेको छ। उनिहरुलाई प्रसंसा तथा सम्मान सहयोग गर्ने क्रम जारी छ। गौमुखी गाउँपालिका, बराह इङलिस बोर्डिङ स्कुल ठुलाबेसी, विभिन्न संघसस्था तथा ब्यक्ति लगाएतले नगद तथा पुरुस्कार, खादाले सम्मान गरिरहेका छ्न। ती सहयोगी दुई बालाकलाई गुल्मी अग्लुङ्ग निवासी हाल पोखरा शिक्षण पेशामा कार्यरत शिक्षक राजेश बिस्टले पोखरा भ्रमण गराउने जानकारी गराएको ठुलाबेसिका समजसेवी ज्ञामुराम न्यौपानेले बताउनु भएको छ।
सिसिर के सी को स्वास्थ्य अबस्था राम्राे रहेकाे परिवारले जानकारी गाराएका छ्न। उनी कक्षा चारमा ठुलाबेसीमा रहेको बराह इङलिस बोर्डिङ स्कुलमा अध्यनरत छ्न आज एक कार्यक्रमका बिच बोर्डिङ स्कुलले सम्मान तथा पुरुस्कार प्रदान गरेको अध्यक्ष महेन्द्र चन्दले जानाकरी गराउनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?