शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको बैठक बुटवलमा सम्पन्न ।

२७ असार बुटवल,
र्राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो कार्यसमितिको बैठक सोमबार बुटवलमा सप्पन्न भएको छ।
महासंघका अध्यक्ष हुमनाथ अधिकारिको अध्यक्षतामा बसेको बैठकले विभिन्न परियोजना मार्फत संचालन भएका गतिविधिहरुको जानकारी तथा समिक्षा,महासंघले समग्र गरेका कामको बारेमा, प्रदेश सरकारमा दोभासे सेवा लगाएतको बिषयमा ध्यानाकर्षण गराउने, महासंघको दैनिकी काम सहजताको लागि पाँच जना पदाधिकारी र दुई जना सदस्य सहित सात जाना रहने बिधानमा ब्यबस्था भए बमोजिम जुमान सिंह के सी र कमला परियारलाई सचिवालयमा चयन, जिम्मेवारी बाड्फाड लगाएत विभिन्न निर्णयहरु गर्दै समितिको बैठक सम्पन्न भएको छ।
बैठकका अपाङ्गता परिचयपत्र वितरण प्रक्रिया तथा कतिपय त्रुटिपूर्ण रहेको र संबंधित निकाय अपाङ्गताका सवालमा गम्भीर नदेखिएको बरेमा समेत छलफल भएको महासंघका सचीव सन्तोष पन्थीले जानकारी गराउनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?