शुक्रबार, बैशाख १४, २०८१

मल्लरानीको बेरुजु शुन्य, प्रप्रअ र लेखा अधिकृत सम्मानित

जुमान सिंह के सी
असार ३० प्युठान ।
मल्लरानी गाउँपालिका प्यूठानका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा तथा लेखा अधिकृत कमान सिंह के सी लाई आज बिहिवार एक कार्यक्रमका बिच सम्मान गरिएको छ।
मल्लरानी गाउँपालिकाको ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सम्बन्धि समापन कार्यक्रमको अवसरमा सम्मान गरिएको हो।

महालेखा परिक्षकको ५९ औं प्रतिवेदन अनुसार पालिकाको आर्थिक वर्ष २०७७/०७८ को बेरेजु शून्य कायम गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोले सम्मान गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनु भयो। उक्त कार्य लागि पुर्याउनु भएको बिशेष योगदानको मुल्यांकन गर्दै गाउँपालिकाको दोस्रो गाउँसभा, पहिलो अधिवेशन बाट प्रासंसा पत्र र खादा ओढाएर गाउँपालिकाले सम्मान गरेको छ।

नेपालमा आर्थिक अनुशासन कायम हुन नसकेको र हरेक वर्षजसो बेरूजुको परिमाण बढ्दै गएको महालेखापरीक्षकको प्रतिवेदन र संसदको सार्वजनिक लेखा समितिका प्रतिवेदनहरूले औल्याएका छन् ।
जनताको सबै भन्दा नजिकको सरकार भएको कारणले पनि स्थानीय तहहरू आर्थिक अनुशासन र समग्र सुशासनमा प्रभावकारी बन्दै सुशासनको नमूना बन्नुपर्ने आजको आवश्यकता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?