बिहिबार, बैशाख ६, २०८१

कर्मचारी वर्गले जिम्मेवारी पूर्वक कार्य सम्पादन गर्नु पर्दछ:सांसद जिसी

प्यूठान असार ३१ गते।
जिल्ला समन्वय समिति प्यूठानको चाैथाे जिल्ला भेलाकाे उद्घाटन गर्दै राष्ट्रिय जनमाेर्चाका लुम्बिनी प्रदेश सांसद मा०तारा जिसीले देश टाट पल्टने दिशामा बढी रहेको भन्दै गणतन्त्र सबैका प्रयासले सम्भव भएको हाे।
संघ र प्रदेश बाट हजारौं याेजनाहरू जिल्लामा आउने गर्छन्, ती याेजनाहरू कार्यन्यनकाे तरिका, गुणवत्ता,पारदर्शिता आदी बारे आमजनतामा ठूलो असन्तुष्टि मात्रै हाेईन कामकाे याे तरिकाले पनि देशलाई असफलता तिर लैजाने एउटा कारण हाे। प्रदेशका याेजना अलपत्र र राम भराेसे छन्। मिनि सरकार मानिने प्रदेशका विषयगत समितिहरूका सबै कामकाज लामाे समयदेखि शून्य छन्। यस्तो अवस्थामा याेजनाहरू शतप्रतिशत कर्मचारी र निर्माण व्यवसायीकाे एकलाैटे अधिनमा पुगेका छन् । देश टाट पल्टिएर कंगाल भए हामीले भ्रष्टाचार वा गलत तरिकाबाट जम्मा गरेकाे रकम केही काम आउदैन। नेता,जनता,कर्मचारी सबैकाे देश हाे र बचाउने जिम्मा पनि हामी सबैको हाे।
राजनैतिक नेतृत्व जिम्मेवार बन्दैन, छैन भने पनि कर्मचारी वर्गले जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
याे परिस्थितिमा जिल्ला समन्वयको जिम्मेवारी झन् महत्त्वपूर्ण भएर आउछ।जिल्ला भित्र कार्यनयन हुदै गरेका याेजनाहरूकाे यथार्थ अवस्थाकाे अनुगमन कार्य गुणवत्ता,पारदर्शिता आदीमा समन्वयको भूमिका महत्त्वपूर्ण हुने र त्यो दिशामा अगाडि बढ्न कार्यक्रम कि प्रमुख अतिथि साँसद जिसीले अनुरोध गर्नु भयाे।
शुन्य बेरूजु हुने देशभरिका ३ पालिका मध्ये प्यूठानका मल्लरानी गाउपालिका र सरूमारानी गाउपापालिका छनाैट हुनु ऐतिहासिक रहेको बताउदै नेतृ जिसीले दुबै पालिकालाई धन्यवाद र बधाई दिदै अरू पालिकाले पनि यी पालिकाबाट शिक्षा लिनु पर्ने बताउनुभयो।

संघीयताकाे खारेजी हाम्रो मात्रै माग नभएर सबै नेपाली जनताकाे माग र देशकाे आवश्यकता भैसकेकोले यसकाे खारेजीको विकल्प नरहेको समेत साँसद जिसीले ठाेकुवा गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका कार्यलय प्रमुखहरू,पूर्व जिविस, जिसस प्रमुखहरू,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले पनि चाैथाे जिल्ला समन्वय समितिको भेला सफलताको शुभकामना दिनुभएको थियो ।कार्यक्रमकाे अध्यक्षता समन्वय प्रमुख श्री धरम बहादुर जिसीले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?