शुक्रबार, चैत्र १६, २०८०

जिल्ला समन्वय समिति प्युठानको चौथो जिल्ला सभा सम्पन्न

जुमान सिंह के सी
३१ असार ,प्युठान ।
जिल्ला समन्वय समिती प्युठानको चौथो जिल्ला सभा आज खलंगामा सम्पन्न भएको छ।
जिल्ला सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मा. तारा जि सि ले प्रदेश सरकार बाट विभिन्न योजनाहरु आएको र ती योजनाको बारेमा जानकारी ल्याउने र ती कामहरुलाई सहि ढङ्गले हेर्ने र अनुगमन गर्न जिल्ला समन्वय समिती लाई आग्रह गर्नु भएको छ। जि सि ले जिल्लामा सबै निकाय, तहमा समन्वयकारी भुमिका निर्वाह गर्ने, जिल्लाको समग्र बिकास र योजनालाई सम्बन्धित निकाय समक्ष पुर्याई पुलको काम गर्न अनुरोध गर्नु भएको छ।
जिल्ला सभामा जिल्लामा कृयासिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्ला समन्वय समितीको काम कर्तव्य र अधिकार स्पष्ट नहुदा अन्योल जस्तो देखिए पनि आम जनताको विभिन्न समस्या तथा सवालमा काम गर्न आग्रह गरेका थिए ।

नि. वर्तमान समन्वय प्रमुख केशवराज आचर्यले आफ्नो कार्यकालमा कोरोनाको महामारी अवस्थामा पनि जिल्लामा सबै संगको समन्वय र सहकार्यमा काम गरेको भन्दै सिमित अधिकार भित्र रहेर पनि आम प्युठान बासिको हितमा काम गर्न आग्रह गर्नु भएको थियो।

जिल्ला सभामा समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि सी ले आ ब ०७९/०८० को बार्शिक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो।
कर्ययोजनामा केन्द्र, प्रदेश तथा स्थानीय तहहरुमा समन्वय सहकार्य गर्ने, जिल्ला समन्वय समिती संचालनको लागि आवस्यक कानुन निर्माणका लागि सरकार समक्ष समन्वय गर्ने, जिल्लामा सबै तह निकाय समक्ष समन्वय, सहाकार्य गर्ने, बिकास निर्माणका काममा अनुगमन तथा सहजीकरण गर्ने,अपाङ्गता भएका ब्यक्तिलाई सेवा प्रबाहमा सहजताका लागि सेवा प्रदायक निकायलाई अपाङ्गता मैत्री संरचना निर्माण तथा मैत्री व्यबहारका लागि पहल गर्ने, अपाङ्गता भएका बालबालिका लाई शिक्षा तथा छात्रवृत्तिमा थप ब्यबस्था गराउन संबंधित निकायमा पहल गर्ने लगाएत योजनामा राखिएको छ।

जिल्ला सभाको अध्यक्षता समन्वय प्रमुख धरम बहादुर जि सी ले गर्नु भएको थियो भने स्वागत मन्तव्य उप प्रमुख दुर्गा रेग्मीले गर्नु भएको कार्यक्रमको सन्चालन नि. जिल्ला समन्वय अधिकारी महेश के सी ले गर्नु भएको थियो।

जिल्ला समन्वय समिती प्युठानको आयोजनामा भएको जिल्ला सभामा राजनीतिक दल, कार्यालयप्रतिनिधि, संघ सस्था, पत्रकार तथा स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितीका पुर्व पदाधिकारी र बर्तमान समितिका सदस्य लगाएतको उपस्थितिमा सम्पन्न भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal